logo
२०८१ बैशाख १४ शुक्रवार



फिफा विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित

खेलकुद |


फिफा विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित



प्रजित शाक्य

काठमाडौँ, भदौ २४ गते । अन्जन विष्टले नायक बनेपछि नेपालले मङ्गलबार चाइनिज ताइपेइलाई २–० ले हराएर फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणमा ऐतिहासिक जित हात पारेको छ । नेपालले विश्वकपको दोस्रो चरणमा खेल जितेको यो पहिलो पटक हो ।
यसअघि, विश्वकप छनोटमा विदेशी भूमिमा नेपालले मकाउलाई मात्र हराएको इतिहास छ । सो खेल पनि तटस्थ भूमिमा थियो । त्यसैले विश्वकप भूमिमा विपक्षीको घरेलु मैदानमा नेपालको यो पहिलो जित भएको छ ।
गत बिहिबार कुवेतमा ७–०को लज्जास्पद पराजयपछि ठूलो आलोचना वेहोरेको नेपाललाई ताइपेईविरुद्ध सकारात्मक नतिजा निकाल्न जरुरी थियो । नेपालले ताइपेईलाई हराएर आप्mना आलोचकलाई चूप मात्र पारेन, छनोटअन्तर्गत अन्य खेलका लागि पनि आप्mनो मनोबल उच्च पारेको छ । ताइपेईको भने यो लगातार दोस्रो हार भएको छ । घरेलु मैदानमा नै भएको पहिलो खेलमा जोर्डनले पनि ताइपेइलाई २–१ ले निराश पारेको थियो ।
चाइनिेज ताइपेईको घरेलु मैदान ताईपेई रङ्गलशालामा प्राप्त यो जित योहान कालिनको प्रशिक्षकत्वमा नेपालको पहिलो सफलता भएको छ । कालिनको प्रशिक्षकत्वमा यसअघि नेपालले खेलेका पाँच खेलमा तीन हार र दुई बराबरीको नतिजा निकालेको थियो । गत जेठमा कालिनकै रेखदेखमा चाइनिज ताइपेईसँग उसकै मैदानमा खेलेको खेलमा नेपालले घरेलु टिमलाई १–१ ले बराबरीमा रोकेको थियो । नेपाल र ताइपेइको सिनियर टिमबीच त्यो नै पहिलो भिडन्त थियो ।
खेलको तेस्रो मिनेटमा नै मैदानको दायाँ भागबाट प्राप्त फ्रिकिकमा सुजल श्रेष्ठले उपलब्ध गराइदिएको बललाई मिडफिल्डर अञ्जनले हेडमार्फत् गोलपोस्टमा छिराएर नेपालालई अग्रता दिलाउनुभएको हो । ताइपेईका लागि रवि पासवानलाई लडाएपछि नेपालले फिकि नै सो फ्रिकिक पनि जित्नुभएका ेथियो । त्यसपछि ६३ औँ मिनेटमा अञ्जनले डिबक्स ‘लाइन’बाट सशक्त प्रहारद्वारा गोल गरी नेपाललाई सहज स्थितिमा पुर्याउनुभएको हो । सो गोल गर्न पनि अञ्जनलाई सुजलले नै बल मिलाइदिनुभएको थियो । मैदानको दायाँ भागबाट रवि पासवानले क्रस गरेको बललाई डिबक्समा रहेका सुजलले हेड गरी अञ्जनलाई पास मिलाइदिनुभएको हो । अञ्जन ७९ औँ मिनेटमा सन्तोष तामाङले स्थानापन्न हुनुभयो ।
अञ्जन कुवेतविरुद्धको खेलमा पहिलो रोजाईमा हुनुहुन्थेन । कुवेतविरुद्ध फराकिलो अन्तरको हारपछि मात्र प्रशिक्षक कालिनले आज पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गर्नुभयो । जसमध्ये एक अन्जन हुनुहुन्छ । अञ्जनले अनुभवी मिडफिल्डर विक्रम लामाको स्थान लिनुभएको हो । यसैगरी, कालिनले डिफेन्डर अजित भण्डारीको स्थनमा दिनेश राजवंशी र अर्का डिफेन्डर सुमन अर्यालको स्थानमा रजिन धिमाललाई सुरुदेखि नै खेलाउनुभएको थियो । यी तीनै जनाले मिहिनेत गरेर खेलेपछि नेपाली टिम आज फरक पनि देखियो ।
नेपालले अब क्यानबेरामा अस्ट्रेलियासँग अक्टोबर १० मा खेल्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?