logo
२०८१ बैशाख १४ शुक्रवार



अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता सुरु

खेलकुद |


अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता सुरु



अमृतप्रसाद पौडेल
बेनी, मङ्सिर २२ गते । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल, जेसीज कप फुटबल’ भन्ने मूल नारासहित म्याग्दीमा जिल्लास्तरीय १९औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जेसीजले युवामा व्यक्तित्व र नेतृत्वको विकास गरेको हुँदा खेलकुद प्रतियोगिता युवाका लागि एउटा सुनौलो अवसर भएको बताउनुभयो । उहाँले खेलकुद प्रतियोगिताले मानिसलाई अनुशासनभित्र राख्न सहयोग पु¥याउने बताउँदै युवालाई सकारात्मक काम गर्नेतर्फ प्रेरित गरेको बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले खेलकुदले खेलाडीको प्रतिभा पहिचानका साथै उनीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने बताउँदै प्रतियोगिताले खेलाडी उत्पादनमा समेत सहयोग पु¥याउने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले सामाजिक संघ संस्थाहरुको सकारात्मक कार्यका लागि संघको सँधै सहयोग हुने बताउनुभयो । २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला भित्रका विभिन्न २१ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विजेता विद्यालयलाई जेसीज कप रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५२ हजार दुईसय २२ र उपविजेतालाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३२ हजार दुईसय २२ रुपैयाँले पुरस्कृत गरिने भएको छ । प्रतियोगिता सञ्चालनका लागि आठलाख ६८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?