logo
२०८१ बैशाख १५ शनिवार



शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा दूधे फुटबल क्लब विजयी

खेलकुद |


शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा दूधे फुटबल क्लब विजयी


उर्लाबारी समाचारदाता
पथरीशनिश्चरे-मोरङ,माघ २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२१ को उद्घाटन खेलमा दूधे फुटबल क्लव झापा विजयी भएको छ ।
मोरङको पथरीशनिश्चरेस्थित रङ्गशालामा भएको खेलमा पथरीशनिश्चरे फुटबल क्लबलाई ३–१ पराजित गर्दै दूधे फुटब क्लब झापा क्वाटर फाइनल प्रवेश गरेको छ । दूधे क्लवको जितका लागि खेलको सातौं मिनेटमा सनम राईले गोल गर्नुभयो । श्याम मुर्मुले प्रहार गरेको बललाई सनमले दर्शनीय ढंगले गोल गर्नुभयो । खेलको २३ औें मिनेटमा समन राईले थप १ गोल गर्नुभयो ।
विपक्षी खेलाडीलाई डिबक्स भित्र ट्याकल गरेपछि दूधे फुटबल क्लबले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसर प्रयोग गर्दै सुमनले दोस्रो गोल गर्न सफल हुनुभयो । पहिलो हाफको अतरिक्त समयमा घरेलु टिम पथरीशनिश्चरे बिरुद्ध दूधे फुटबल क्लवले अर्को १ गोल थप्यो ।
श्याम मुर्मुले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जालि चुम्दा गोल रक्षक मनोज दाहाल समेत अममलमा पर्नुभयो । खेलको ५७ औं मिनेटमा पथरीशनिश्चरेका सन्तोष गुरुङले १ गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन सकेन ।
आजको खेलमा दूधे फुटबल क्लवका अभिषेक गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो । शनिबार नवोदय फुटबल क्लब र उर्लाबारी फुटबल क्लव बीच खेल हुनेछ । तीन दशक देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीहरूको सङ्गठन वाईएफसीले अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२१ आयोजना गरेको हो ।
प्रतियोगिताका बिजेतालाई एक लाख १ हजार रुपियाँसहित ट्रफि र प्रमाणपत्र एवं उप विजेतालाई ५१ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितालाई तत्कालिन भूटानी शरणार्थी शिविरका सेक्टर (आई) का प्रमुख कृष्ण सोक्तेन राईले गर्नुहुने भएको छ । राई हाल अमेरिकामा हुनुहुन्छ । प्रतियोगिता आयोजना गर्न १२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितालाई पुनर्वासमा गएका नेपाली शरणार्थीहरू कार्यरत इन्टरनेश्नल वेलफेयर एण्ड सपोर्ट,गौतम एरी इन्सुरेन्स,इन्टरनेश्नल होम केयर,अमेरिकेयर हेल्थ सर्भिस लिङ्कले सपोर्ट गर्ने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?