logo
२०८१ बैशाख १६ आईतवार



बङ्गलादेश र आयरल्याण्डबीचको क्रिकेट श्रृखंला स्थगित

खेलकुद |


बङ्गलादेश र आयरल्याण्डबीचको क्रिकेट श्रृखंला स्थगित


एजेन्सी
काठमाडौं, चैत्त ८ गते । आयरल्याण्ड र बङ्गलादेशले सात म्याचको श्रृखंला खेल्ने आफ्नो पूर्वनिर्धारित तालिका स्थगित गर्न सहमत भएको छ । बङ्गलादेश र आयरल्याण्डले मई महिनामा इंग्ल्याण्डको बेलफाष्टमा अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी खेल्ने पूर्वनिर्धारित थियो ।
बेलायती र आयरल्याण्ड सरकारले अन्तर्राष्ट्रिय उडान र यात्रामा प्रतिबन्ध लगाउँदा आयरल्याण्ड क्रिकेट बोर्डले बङ्गलादेश क्रिकेट बोर्डसँगको सहमतिमा उक्त तालिका स्थगित गर्ने निचोडमा पुगेको हो । दुबै बोर्डले कोरोना भाइरस महामारीको जोखिम न्युनिकरण गर्न आगामी मई महिनाका लागि निर्धारित श्रृखंला स्थगित गरेको जनाएको छ ।
आयरल्याण्ड क्रिकेट बोर्डका प्रमुख कार्यकारीले अवस्था सहज भएपछि दुबै राष्ट्रले भ्रमण तालिका सुनिश्चित गर्ने जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?