logo
२०७७ माघ ५ सोमवार

बाजुराका भुवामा भस्सोको रौनक सुरु

समाज |


2021-01-13-30084


शेरबहादुर सार्की
बाजुरा पुस २९ गते । ए यो भुवो काँ जाँदो ? भस्सो रे भस्सो । ए दै केला खान ,भस्सो रे भस्सो ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे भस्सा ।।
बाजुराको विभिन्न ठाँउमा यतिबेला भुवा पर्व खेल्न थालेपछि जता ततै ए भस्सा भस्साइरे भस्साको आवाज गुञ्जिन थालेको छ ।

पुस महिनाको चतुर्दशी तथा औशीको अघिल्लो रातबाट मुढो बालेर सुरु गरिने भुवा पर्वलाई याहाँका स्थानीयले दाैरा सुरुवालमा सजिएर हातमा ढाल तरबार समातेर खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको नौरक गुञ्जिन थालेको हो ।

त्रेतायुगमा पाण्डव र कौरवबीचको लडाइ सकिएपछि पाण्डव पक्षले खुःसियाली मनाइएको दिनमा यो पर्व मनाइने किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने यो पर्वलाई बाजुरामा पनि भव्यरुपमा मनाउँदै आएका छन् ।
जिल्लाको बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा गौमुल छेडेदह, स्वामिकाक्तिक,हिमाली, पाण्डवगुफा, गाउँपालिकाका विभिन्न क्षेत्रमा यो पर्व विषेश रुपमा मनाउँने गरिन्छ ।

यो पर्व सुदूर तथा मध्यपश्चिमका धेरै जिल्लामा विशेष रुपले मनाइने पर्व भएकाले विदेश गएका आफन्तजनहरु समेत यो पर्व मनाउन घरमा आउने गर्दछन् ।
यती बेला भने देशव्यापी कोरोनाको कहर फैलिएकोले विदेशबाट आउनेको सङ्ख्या भने निकै कम देखिएको छ ।
गतवर्षको चैतमा कोरोनाको कहरले गाउँमा आएका स्थानीयहरु गाउँमा भोकमरी हुने डरले भारत गएकाहरु यतिबेलाको माघी र भुवामा पर्वमा गाउँ नआएको स्थानीय मनबहादुर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, कोरोनाका कहरले गाउँ प्रवेश हुँदा क्रण खर्च गरेर घरपरिवार पाल्यो अहिले त्यो क्रृण तीर्न नै भारतमा धौधौ परेपछि उनीहरु यती बेला गाउँमा नआएका हुन् ।
आफ्नै रीति संस्कृतिको जर्गेना गर्न यो पर्व ३ देखि ५ दिनसम्म मनाउने गर्दछन् । पाण्डव र कौरवको लडाँइमा रात परेपछि उज्यालो आवश्यक भएकोले राँको सल्काई लडाँइ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरेको जोतिष पूर्णलाल जोशीले बताउनुभयो ।
दमाह बजाएर तरबार हातमा लिएर चाली खेल्ने यो पर्वमा रातभरि आगोको मुढा सल्काएर भारी खेल भुवा भोस्सो खेल, देउडा लगायत विभिन्न खेलखेल्ने चलन रहेको जोशीले बताउनुभयो ।
बाजुरामा यसै भुवा पर्वको समयमा गाउँमा छैट पनि खेल्ने चलन चल्ति रहिआएको छ । गाँउमा कसैको घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा भएपछि उसको घरमा गएर छैट माग्ने चलनसमेत रहेको जोशीले बताउनुभयो ।
छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने र जन्मेको बच्चालाई गाउँका ठुलाबडाले आशीर्वाद दिनुका साथै घरको मान्छेले सबै गाउँलेलाई बोलाई भोज गर्ने चलन पनि यस पर्वको अर्को विशेषता छ ।
पहिला पुवाखाडामा खेल्न सुरु गर्दै त्यसपछि विभिन्न ठाउँ गएर गाउँमा केही रकम माग्ने गर्दछन् । गाउँमा गएर पुन पहिला भुवा जगाएको ठाउँमा आएर राम्रो सँग खेल्दै त्यो भुवालाई पाँच दिनदेखि सात दिनसम्म अन्त्य गर्दछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?