logo
२०८१ बैशाख १५ शनिवार



विद्यार्थीलाई कोरोनाबाट जोगाउन शिक्षिकाले मास्क सिलाएर बाँडे

समाज |


विद्यार्थीलाई कोरोनाबाट जोगाउन शिक्षिकाले मास्क सिलाएर बाँडे


जानु पाण्डे
कपिलवस्तु, मङ्सिर ११ गते । विद्यालय आंशिक रुपमा खुलेपछि बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन कपिलवस्तुको एक विद्यालयले मास्क निर्माण गरी वितरण गरेको छ । महाराजगञ्ज नगरपालिकाको वडा नं. ८ सिंगरहामा रहेको चूडाकुमारी सामुदायिक आधारभूत विद्यालयको आफ्ना दुइ सय २० जना बालबालिकालाई मास्क वितरण गरेको छ । तिहारपछि विद्यालयमा ६ जना शिक्षिकाले खाली कक्षाको सदुपयोग गर्दै मास्क सिलाएको प्रधानाध्यापक विष्णु पाण्डेले बताउनुभयो ।
‘मास्क सिलाउनका लागी विद्यालयका शिक्षिका विद्यावती मिश्रा र पूजा चौवेको घरमा रहेको सिलाई मिसिन विद्यालयमा ल्याइएको थियो । मास्क बनाउनका लागि आवश्यक कपडा र ईलास्टिक गरी २ हजार खर्च भएको थियो । आधा घण्टामा १५ थान मास्क बनेको छ । बलियो बनाउनका लागि ३ पटकसम्म सिलाइएको छ ।’ प्रधानाध्यापक पाण्डेले भन्नुभयो ।
भारतको सीमाक्षेत्रको नजिक रहेको विद्यालय भएको हुँदा नेपाल भारत आवतजावत हुने हुँदा कोरोनाको जोखिम छ । विद्यालयमा मास्क पाउन थालेपछि बालबालिका नियमित आउन लागेका छन् । बालबालिका र शिक्षक सबैले मास्क प्रयोग गरी आंशिक रुपमा कक्षा सञ्चालन भएको हुँदा कोरोनाको जोखिम कम भएको छ । विद्यालय परिसरमा हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको छ । उक्त विद्यालय महिला शिक्षिकाले सञ्चालन गरेको विद्यालय हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?