logo
२०८१ बैशाख १५ शनिवार



निषेधाज्ञाबारे गृहको निर्देशन कुर्दै प्रजिअ, साँझ बैठक बस्दै

राष्ट्रिय |
पढ्नै पर्ने |


निषेधाज्ञाबारे गृहको निर्देशन कुर्दै प्रजिअ, साँझ बैठक बस्दै


केशबराज पौडेल
काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ ।
अबको निषेधाज्ञा कस्तो हुनेबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज साँझ बस्दैछ । साँझ बैठक बस्नु पूर्व सुरक्षा निकायसँग छलफल र परामर्श जिल्ला प्रशासन कार्यालयले लिन सुरु गरिसकेको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गृहमन्त्रालयको निर्देशनसमेत कुरेर बसेका छन् ।  'निषेधाज्ञाबारे गृहमन्त्रालयले कस्तो निर्देशन दिन्छ त्यही आधारमा छलफल गर्छाैँ ।' भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयाे । आज साँझ निषेधाज्ञा थप्ने वा के गर्ने बारेमा बैठक बस्ने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । आज साँझ बैठक कहाँ बस्ने भन्ने निश्चित भने भइनसकेको उहाँले बताउनुभयो ।
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयहरूले निर्णय गरेर मन्त्रालयमा जानकारी गराउने बताउनुभयो । उहाँले आवश्यकताको आधारमा सुझाव दिन सकिने भए पनि निषेधाज्ञा गर्ने अधिकार प्रजिअहरूसँग भएकाले उहाँहरूले आज निर्णय गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?