logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्यो
तस्विर–फाइल


नयाँ दिल्ली, असार ३० गते । भारत कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या नौ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या नाै लाख छ हजार ७५२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा भारतभरि कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।देशभरि कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना सङ्क्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।

भारतमा सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना सङ्क्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने दुई हजार ३२ जनाको मृत्यु भएको छ ।
तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन् । दिल्लीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणको हिसाबबाट विश्वभरिको तथ्याङ्क हेर्दा भारत तेस्रो धेरै सङ्क्रमित रहेको देशमा पर्दछ । पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?