logo
२०८१ बैशाख १४ शुक्रवार



दुई जना थपिएसँगै म्याग्दीमा २१ पुग्यो कोरोना सङ्क्रमित

फिचर |


दुई जना थपिएसँगै म्याग्दीमा २१ पुग्यो कोरोना सङ्क्रमित


अमृतप्रसाद पौडेल
बेनी, असार २४ गते । वैदेशिक रोजगारीबाट आएर हिमाली जिल्ला म्याग्दीको बेनीस्थित न्यू वेष्ट प्वाइन्टमा रहेको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना पुष्टि भएको छ । थप दुई जनामा कोरोना पुष्टि भएसँगै म्याग्दीमा सङ्क्रमित हुनेको संख्या २१ पुगेको छ ।

गत असार १८ गते कुवेतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका मङ्गला गाउँपालिका–२ का ३५ वर्षीय पुरुष तथा गत असार १९ गते भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका–१, रत्नेचौरका ३३ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभएको छ ।

मङ्गलबार राति थप दुई जनामा सङ्क्रमण पुष्टि भएसँगै म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २१ पुगेको छ । हाल सम्म सङ्क्रमणलाई जितेर १० जना घर फर्कीएका छन् भने कोरोना सङ्क्रमित १० जना सहित ११ जना आइसाेलेसनमा रहेको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

हालसम्म म्याग्दीको बेनी नगरपालिकामा तीन पुरुष, दुई महिला, मङ्गला गाउँपालिकामा आठ पुरुष, मालिका गाउँपालिकामा दुई पुरुष, रघुगङ्गा गाउँपालिकामा तीन् पुरुष, दुई महिला तथा धौलागिरी गाउँपालिकामा एक महिला सङ्क्रमित भेटिएका छन् ।

त्यस्तै बेनी नगरपालिकामा दुई पुरुष, एक महिला, मङ्गला गाउँपालिकामा चा्र पुरुष, मालिका गाउँपालिकामा दुई पुरुष र रघुगङ्गा गाउँपालिकामा एक पुरुषले कोरोना जितेर घर फर्केका छन् । रघुगङ्गा गाउँपालिकाकी एक महिला भने कोरोना जितेर पनि १५ दिनदेखि आइसोलेसनमै रहनुभएको छ । उहाँको छोरीको कोरोना रिपोर्ट पोजिटिभ नै रहेकोले उहाँ पनि छोरीसँगै आइसोलेसनमै रहनुभएको निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?