logo
२०८१ बैशाख १४ शुक्रवार



महिलाका लागि छुट्टै क्वारेन्टाइन

समाज |


महिलाका लागि छुट्टै क्वारेन्टाइन
सांकेतिक तस्विर


राजापुर, जेठ १९ गते । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टाइन निर्माण भएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन् । क्वारेन्टाइनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो । जिल्लामा ८० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । जिल्लामा १४४ क्वारेन्टाइनमा महिलापुरुष गरी तीन हजार ९१८ जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?