logo
२०८१ बैशाख १४ शुक्रवार



स्थानीय स्तरमै पिपिई उत्पादन गरिने

समाज |


स्थानीय स्तरमै पिपिई उत्पादन गरिने


प्रकाशचन्द्र भट्टराई
दमौली, चैत १५ गते ।

कोरोना भाइरसको शस्कास्पद विरामीको स्वास्थ्य परिक्षणकालागि चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) अभाव भएपछि स्थानीय स्तरमै यसको उत्पादन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी एवं नोभल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजक बद्रिनाथ अधिकारीको अध्यक्षतामा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले स्थानीय स्तरमै पिपिई उत्पादन गर्ने निर्णय गरेको हो ।

स्थानीय तह तथा उद्योग वाणिज्य संघको पहलमा स्थानीय शिप र प्रविधिको प्रयोग गरि पिपिइ उत्पादन गरि अस्पताल, स्थानीय तह तथा सुरक्षाकर्मीलाई उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनु भयो । जिल्लाका अस्पतालमा पिपिईको अभाव भएपछि स्वाथ्यकर्मीले जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् ।

बैठकले स्थानीय तह र उद्योग वाणिज्य संघको पहलमा दैनिक अत्यावश्यक वस्तुहरु, औषधीको आपुर्ती, सहज ढुवानी, सन्चय र न्यायोचित विक्री वितरणको व्यवस्था एवं सम्भव भएसम्म घरसम्मै पु¥याउने गरि नागरिले जुनसुकै समयमा अत्यावश्यक सेवा प्राप्त गर्न सहज बनाउने निर्णय गरेको उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख शंकरवावु अधिकारीले जानकारी दिनु भयो ।

बैठकले भारत लगायतका देशहरुबाट जिल्लाा आएका नागरिकको अभिलेख तथा उनीहरुको स्वास्थ्यसँग सम्बन्धित अभिलेख स्थानीय तहबाट अद्यावधिक गरि जिल्ला स्वास्थ्य कार्यालयमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै स्थानीय तहका वडामा रहेका सामुदायीक तथा संस्थागत विद्यालयहरुमा कम्तीमा १०÷१० कक्षको क्वारेन्टाइनको व्यवस्था गरि सञ्चालन गरिने निर्णय समेत गरेको छ ।

अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनलाई ढुवानीको आधारमा सहज आवागमनको व्यवस्था गर्ने, त्यस्ता ढुवानीका साधनहरुमा यात्रु ओसारपसार गर्न पुर्णरुपमा रोक लगाउने, यातयात व्यवसायीहरुले ढुवानीमा प्रयोग हुने यातयातका साधनहरु तयारी तथा चालु अवस्थामा राख्ने र आवश्यक पर्दा तत्काल उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
सर्वसाधरणलाई मास्क वितरण
तनहँुको शुक्लागन्डकी नपा वडा नम्बर ८ ले वडा भित्रका सर्वसाधरणलाई मास्क र हात धुने सावुन वितरण गरेको छ । सर्वसाधरणलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन वडा कार्यालयले वडा भित्रका सबै घरधुरीलाई मास्क वितरण गरेको हो ।

कोरोनाको जोखिम नियन्त्रणकालागि वडा भित्रका एक हजार तिन सयघरधुरी तथा सार्वजानिक स्थलमा गरि तिन हजार दुई सय मास्क निशुल्क वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनु भयो । त्यसैगरि चार सय घरमा हातधुने सावुन पनि विरतण गरिएको छ ।
वडा कार्यालयले उपलब्ध गराएको कपडाले वडाकै महिलाहरुले चार दिन लगाएर उक्त मास्क सिलाएका अध्यक्ष रेग्मीले जानकारी दिनु भयो । वडाकै पहलमा गाउँफर्काेदय माविको तिन वटा

कोठालाई क्वारेन्टाइन बनाईएको छ । विदेशबाट फर्किएका नागरिकलाई सुरक्षित रुपमा राख्नकोलागि क्वारेन्टाईन निर्माण गरिएको रेग्मीले जानकारी दिनु भयो । उनीहरुको आधारभुत स्वास्थ्यकेन्द्र मार्फत नियमित स्वास्थ्य परिक्षण गरिने छ ।

वडा भित्र घर नभएका तर भाडामा बस्ने, बिदेशबाट फर्किएका र स्थानीयमा पनि कोरोना संक्रमणको प्रराम्भिक लक्षण देखिएमा विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने छ । उनीहरुलाई सुरक्षित र सतर्कताका साथ क्वारेन्टाइनमा राखी शंकास्पद व्यक्तिको नियमित स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईएको छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?