logo
२०८१ बैशाख १४ शुक्रवार



महोत्सवमा मौलिक सांस्कृतिक झाँकी

समाज |


महोत्सवमा मौलिक सांस्कृतिक झाँकी



प्रतिक शर्मा
सल्यान, फागुन ८ गते । गाउँमा हराउँदै जान थालेका परम्परागत मौलिक संस्कृति संरक्षण गर्न स्थानीय तहले लोक कला संस्कृति संरक्षण ,प्रद्र्धन गर्न लोक संस्कृतिक सम्मेलन सञ्चालन गर्दे आएका छन् । त्रिवेणी गाउँपालिका सल्यानले धार्मिकस्थल तिर्थशालामा आयोजना गरेको लोक संस्कृति सम्मेलन सोरठी,पैस्यारु,लहरे, वनगाडी टप्पा लगायतका लोपोन्मुख लोक संस्कृति झल्किने झाँकीहरु प्रर्दशनी गरिएको छ ।

पहिलेपहिले गाउँघरमा मेला, पर्व, विवाह, चाडवाडमा सोरठी, पैस्यारु नाच नाचिन्थ्यो । तर अहिले हराउँदै गएका छन् । तिनको संरक्षण सम्वद्र्धनमा महोत्सव सहयोगी हुने े त्रिवेणी ३ को पैस्यारु नृत्यको गुरु धनविर ओलीलेले वताउनुभयो । उहाका अनुसार समाजीक सद्भाव, जीवन शैली र नैतिक शिक्षा सहितको सन्देश दिने गित र नाच हराउदै जान थालेका छन् । युवापुस्ताको सहभागितामा कमी आएपछि हराँउदै जान थालेको छ ।

यहाँ रहेका परम्परा युवापिढीले स्वीकार गर्न नसक्दा बुढापाकाहरुसँगै हराउन थालेपछि त्यसको संरक्षण एव प्रवद्र्धनकासमा लागि यहाँका स्थानीय सरकारले लोक संस्कृति संरक्षणका गर्न वर्षेनी महोत्सव सञ्चालन गर्ने गरेका छन् । मौलिक संस्कृति संरक्षण गर्न र नयाँ पुस्तामा हस्तातरण सास्कृतिक सम्मेलनले सहयोग पुग्ने त्रिवेणी फालावाङ्ग निवासी वरिष्ठ लोक गायक खर्कवहादुर वुढाले वताउनुभयो । उहाँका अनुसार सल्यान जिल्लामा सोरठी, लहरे, पैसेरु, वनगारी टप्पा, स्यानीमा लै जस्ता भाका र नाच रहेका छन । ती नाचहरु लोपोन्मुख अवस्थामारहेका छन । यिनको संरक्षण र विकास गर्न सरकारले प्रशिक्षण सञ्चालन गर्नु आवश्यक छ ।

त्रिवेणी गाउापालिका अध्यक्ष मान बहादुर डागीले युवाहरुर्लाइ पनि सल्यानको पहिचानका रुपमा रहेका संस्कृति संरक्षखणमा अग्रसर गराउन र समाजमा लुकेर रहेका लोक संस्कृतिलाई पहिचान, प्रवद्र्धन र प्रोत्साहन गर्न सम्मेलनको आयोजना गरेको वताउनु भयो । उहाँका अनुसार मौलिक संस्कृती संरक्षणमा गाउँपालिकाले निरन्तर कार्यक्रक्रम सञ्चालन गर्ने गरेको छ । समुदाय स्तरमा मौलिक लोक संस्कृतिका विभिन्न विधामा सीपमूलक तालिम सञ्चालन गर्नुका साथै आवश्यक समाग्री खरिदका लागि वजेटको ब्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?