logo
२०८१ बैशाख १५ शनिवार



कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

समाज |


कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ७ गते । कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार रहेको व्यक्तिलाइ महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमान लिएको छ । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे स्थायी घर भएका पासलाल तामाङलाइ पक्राउ परेको जानकारी दिनुभयो ।

प्रहरीले ज्यान मुद्धामा फरार रहेका तामाङले कर्तव्य ज्यान मुद्धामा यसअघि सिन्धुपाल्चोक जिल्लामा १८ महिनाको कारागार भुक्तानी समेत गरेका व्यक्ति रहेको जनाएको छ । बलेफी हाइड्रोमा हतियार देखाएर डर त्रास गर्ने गरेको पाएपछि महाशाखाको टोलीले काठमाडौको जडिबुटीबाट पक्राउ गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?