logo
२०८१ बैशाख १४ शुक्रवार



महिला कृषक च्याउ खेतीप्रति आकर्षित

समाज |


महिला कृषक च्याउ खेतीप्रति आकर्षित


अर्जुन काफ्ले

स्याङ्जा, फागुन ५ गते । गल्याङ नगरपालिका ३ बल्पुकका महिला कृषक च्याउ खेतीप्रति आकर्षित भएका छन् । वल्पुकका महिलाहरु कृषक समूहमा आबद्व भएर च्याउ खेती तर्फ आकर्षित भएका हुन् ।

समूहमा आबद्व महिला कृषकलाई गल्याङ नगरपालिकाले निशुल्क रुपमा च्याउको विउ वितरण गरेको थियो ।

नगरपालिकाले वितरण गरेको च्याउको विउबाट घरमा खान मात्रै नभई विक्री गर्न समेत पुगेपछि कृषक समूहले अहिले आफै विउ खरिद गरी च्याउ लगाउने काम सुरु गरेको समूहका अध्यक्ष नमकला बस्यालले बताउनुभयो ।

उत्पादन राम्रो भएमा बजारको कुनै समस्या नभएको समूहका अध्यक्ष बस्यालको भनाई थियो ।

१५ जनाको समुह बानाएर अहिले व्यवसायिक रुपमा नै च्याउ खेति गर्नका लागि शुरुवात गरेको बस्यालले बताउनुभयो ।

तालिम विना लगाइएको च्याउ खेती बाट पनि राम्रो आम्दानी भएकोमा अब केही सिपको विकास भएकाले आफुहरुमा अझै उत्साह थपिएको समूहकी अध्यक्ष बस्यालले बताउनुभयो ।

च्याउबाट धेरै उत्पादन गर्ने तरिका र च्याउका लागि पराल बनाउने, डल्ला पार्ने, विउ राख्ने तरिका तालिम दिए पछि महिलाहरु च्याउ खेतीमा आकर्षित भएको गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकालले बताउनुभयो ।

उहाँले वल्पुुकका महिला कृषकमा च्याउ खेती प्रति आकर्षण बढेको भन्दै उत्साही महिला कृषकलाई नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
स्थानीय कृषकहरुका लागि यस्ता कार्यक्रम प्रभावकारी रहने भन्दै उहाँले किसानको आग्रहमा आफु सम्बन्धित ठाउँमा नै पुगेर आवश्यक सिप प्रदान गर्ने गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?