logo
२०८१ बैशाख २७ बिहीवार



शारदा नगरपालिका बाल विवाह मुक्त उन्मुख नगरपालिका घोषणा

समाज |


शारदा नगरपालिका बाल विवाह मुक्त उन्मुख नगरपालिका घोषणा



प्रतिक शर्मा
फागुन ५ गते । शारदा नगरपालिकालाई जिल्ला कै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ । बालविवाहमा कमी आएपछि नगरपालिकालाई एक कार्यक्रमको आयोजना गरी बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको हो ।

समुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्ला प्रहरी कार्यालय सल्यान र शारदा नगरपालिका सक्रियतामा संचालन गरेको अभियानमा बालविवाहको अवस्थामा सुधार आए पछि नगरपालिकालाई नै जिल्ला कै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाकाअ नुसार करिब ३४ हजार जनसंख्या भएको नरपालीकामा बालविवाह न्युनिकरणको अभियान चलाए यता २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएकोले स्थानीयवासी जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिबद्धता जनाएर यस नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ ।

नगरपालिका भित्र रहेका ज्योतिष, जैसि तथा छापाखाना सञ्चालक र पुरोहित, जनप्रतिनीधि र समाजीक संघ संसथाले वाल विवाहलाई रोक्न २० वर्ष मुनिका विहेका लागि कुनै पनि सहयोग नगर्ने प्रतिवद्धता गरेका छन् ।
जिल्लालाई बालविवाह मुक्त बनाउनको लागी अभियान संचालन गरिरहेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनु भयो । उहाँका अनुसार २०७५÷७६ मा शारदा नगरपालीका भित्र ३ वटा बालविवाह भएका थिए भने १० जनालाई कारवाही गरिएको थियो । २०७६÷७७ मा २ वटा मुद्या दर्ता भएका छन भने ९ जनालाई कारवाही गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?