logo
२०८१ बैशाख १५ शनिवार



दाजुभाईद्वारा आमाको स्मृतिमा अक्षयकोष स्थापना

समाज |




तनहुँ समाचारदाता
तनहुँ, माघ ८ गते । तनहुँको व्यास नगरपालिका–४ दमौली निवासी समाजसेवी दाजुभाई शिवराम पौडेल र विष्णुराम पौडेलले आफ्नी स्वर्गीय आमाको स्मृतिमा एक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
आमा नारायणी पौडेलको स्मृतिमा ब्यास–१०, कुमालटारीस्थित चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालयमा ‘नारायणी पौडेल स्मृति कोष’ अक्षयकोष स्थापना गर्नुभएको हो ।  जेहेन्दार विद्यार्थीलाई लक्षित उक्त छात्रवृत्ति अक्षयकोषको स्थापना गरिएको विद्यालयकी शिक्षिका शान्ता बास्तोलाले जानकारी दिनुभयो ।
अक्षयकोषको उक्त दुईलाख एकहजार पाँचरुपैयाँ हस्तान्तरण गर्दै अक्षयकोष दाता विष्णुराम पौडेलले भविष्यमा पनि विद्यालयको शैक्षिक उन्नतिको लागि मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिरा ढुङ्गाना र प्रधानाध्यापक रामचन्द्र पोख्रेललाई उक्त रकम एक समारोहकाबीच विद्यालयमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा विद्यालयका शिक्षक रामदत्त पौडेलले स्वर्गीय नारायणी पौडेल तथा स्वर्गीय तिलकराम पौडेलले विद्यालयलार्ई विगतमा पनि सहयोग गरि आजीवन सदस्य बन्नुभएको स्मरण गर्दै अक्षयकोष स्थापना गरेर विद्यालय परिवारलाई ज्यादै गौरवान्वित बनाएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?