logo
२०८१ बैशाख १५ शनिवार

  गढीमाईमा चहलपहल 



बलीका लागि २९ सय राँगा समितिलाई बुझाइयो

समाज |


बलीका लागि २९ सय राँगा समितिलाई बुझाइयो


शिवशंङ्कर मिश्र
बारा, मंसिर १६ गते । बाराको बरियारपुरमा जारी पञ्चबर्षिय गढीमाई मेलामा अहिले दैनिक ठूलो संखयामा भक्तजनको घुँइचो लाग्न शुरु भएको छ । आफूले भाकल गरे अनुसारन मनोकामना पूरा भएका तथा गढीमाईप्रति आस्था राख्ने र दर्शन गर्न आउनेहरूको घुइचो लागेको हो ।
गढीमाताले छोरा दिएपछि तीन बर्षको बालक लिएर राँगा चढाउन आउनु भएकी बारागढी गाउँपालिका सुखिपथरा टोलकी शोभा देवीले बताउनुभयो । जेठी दुई छोरी पछि तेस्रो सन्तान छोरा पाउँ भनि गढीमातासँग मनमा विश्वास राखेकाले पूरा भएपछि भाकल दिन आएको उहाँले बताउनुभयो ।
यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ मटिअरिया टोलकी दुलारी देवी चौधरीको छ, उहाँकी श्रीमान श्रवण चौधरीलाई पक्षाघात भएपछि डाक्टरले निको नहुने बताएका थिए तर श्रीमान निको भएमा राँगा बली दिने गढीमाई प्रति राखेका मनोकामना पूरा भएपछि राँगा लिएर आएको दुलारीले बताउनुभयो ।
यो एउटा उदाहरण मात्र रहेको हो, सान्तान प्राप्ति, रोग निको भएमा, मनमा सोचेका काम पूरा भएकाले राँगा मात्र होईन्, खसी, परेवा, सुगुर र कुखुरासमेत बली दिने गरेका छन् ।
यसरी मनोकामना पूरा भएका नेपाली तथा भारतीयहरूले आजसम्म करिब २९ सय राँगा मेला समितिलाई जिम्मा लगाई सकेका छन् । आईतवार रातीसम्म खुल्ला आकाशमुनी रहेका राँगाहरु मध्ये चिसो, कोल्ड डायरियाले १९ वटा राँगा मरि सकेको पशु कल्याण समितिले जनाएको छ ।
यता गढीमाईको केन्द्र बिन्दु बरियारपुर रहेपनि त्यस आसपासका करिब १५÷२० किलोमिटरको बाटोमा ट्राफिक जाम हटाउन ट्राफिक प्रहरीलाई हामेहामे परेको छ । सोमवार भीडका कारण दर्शन गर्न पुगेकाहरु मध्ये १५ जनाबढी बेहोस भएका तथा ४० बढी महिलापुरुषगरी पाकेटमाराहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मंंसिर १ गतेदेखि सुरु भएको एक महिने मेला करिब ७० लाख दर्शनार्थी आउने मेला समितिले अनुमान गरेको छ । विश्वप्रसिद्ध मेलामा गढीमाईको दर्शनगर्न सानाठुला सवारीमा नेपाल र भारतबाट भक्तजनको संख्या दैनिक रुपमा बढिरहेको छ, यो क्रम पशु बली समाप्त नभएसम्म जारी रहने मेला समितिका महासचिव मोतीलाल कुशवाहाले बताउनुभयो ।
भक्तजन तथा श्रद्धालुहरूको संख्या बढेसँगै त्यसको सहज व्यवस्थापन तथा मेलाको चारैतिर बास, शौचालय तथा खानेपानीको व्यवस्था मेला समितिले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?