logo
२०८१ बैशाख १५ शनिवार



चार दिनदेखि हराएकी महिला मृत फेला, घटना शंकास्पद

समाज |


चार दिनदेखि हराएकी महिला मृत फेला, घटना शंकास्पद



धीरेन्द्रप्रसाद साह:राजविराज समाचारदाता
राजविराज, कात्तिक १७ गते ।चार दिनदेखि हराएकी एक महिला शनिबार मृत अवस्थामा फेला परेको छ ।

सप्तरीको अग्निसाईर कृष्णा सवरन–१ जण्डोल मुस्लिम टोलका अन्दाजी ३६ वर्षकी बुलु खातुन मृत अवस्थामा फेला परेकी छिन । गत १२ गते दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी खातुन सो राती अबेरसम्म घर नफर्केपछि खोजतलास गरिएको मृतकका पति ईनुस मियाँले बताउनु भएको छ ।
उहाँले जङ्गल र आफन्तकोमा खोजी गर्दा कतै पत्ता लाग्न नसकेपछि भोलिपल्ट प्रहरीमा खबर गरेको जानकारी दिनुभयो । खोजी गर्ने क्रममा राजमार्गदेखि उत्तरतर्फ महुली खोलाको हेडड्यामदेखि पश्चिम कुलोमा शनिबार मृत फेला परेको मियाँले बताउनुभयो ।
भेटिएको महिलाको लासको प्रकृति हेर्दा चार दिन अगावै मृत्यु भएको अनुमान गरिएको छ । लास दुर्गन्धित गलेको अवस्थामा रहेको छ । घटना स्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राको नेतृत्वमा रहेको प्रहरी टोलीले अनुसान्धन गरिरहेको छ ।

प्रदेश प्रहरीबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान शुरु गरेको तथा शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रनाउ मिश्राले जानकारी दिनभयो । घटनाबारे थप कुरा अनुसान्धन पछि मात्र थप कुरा भन्न सकिने उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?