logo
२०८१ बैशाख १४ शुक्रवार



देउसीभैलोको रकम विरामी उपचारमा सहयोग

समाज |


देउसीभैलोको रकम विरामी उपचारमा सहयोग
अर्जुनचौपारी २ मझुवामा दरौखोला युवा परिवारले देउसी भैलोको रकम बिरामीलाई हस्तान्तरण गर्दै । तस्बिर– अर्जुन काफ्ले


अर्जुन काफ्ले
स्याङ्जा, कार्तिक १६ गते । देउसी भैलोबाट संकलन गरिएको पैसा यहाँको युवा क्लबले सामाजिक कार्य खर्च गरेको छ । स्याङ्जाको अर्जुन चौपारी गाँउपालिका १ को दरौँखोला युवा परिवारले तिहारका बेला देउसी भैलोबाट संकलित रकम विरामीलाई आर्थिक सहयोग गरेको हो ।

अर्जुनचौपारी २ की १४ वर्षीय रोजिना गुरुङको उपचारको लागि परिवारले घरमै पुगेर देउसी भैलोबाट संकलन गरिएको रकम हस्तान्तरण गरेको हो । क्लबले संकलन गरेको ६० हजार आठसय १५ रुपैयाँमा साउण्ड सिष्टम लगायतको खर्च कटाएर ५४ हजारलाई विभिन्न सामाजिक कार्यमै खर्च गरेको हो ।

देउसी भैलोबाट क्लबले संकलन गरेको रुपैयाँमा बचत भएको मध्ये ३ भागमा विभाजन गरी एक भाग रोजिनालाई प्रदान गरेको क्लबका अध्यक्ष ललित थापाले बताउनुभयो ।
उहाँले एक भाग खेलमैदान तारबार र एक भाग क्लब संरक्षणमा खर्च गरिने बताउनुभयो । देउसी भैलो सांस्कृतिक मौलिक परम्परालाई जोगाउनका लागि खेलिए पनि क्लबले विगतदेखि नै सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको अध्यक्ष थापाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?