logo
२०८१ बैशाख १४ शुक्रवार



पारिश्रमिकबाट घाइतेलाई उचार खर्च   

समाज |





दैलेख, असोज १९ गते । सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गर्नुभएको छ । सडक निर्माणको काम गर्दै गर्दा लडेर घाइते गाउँपालिका ४ का अम्मरबहादुर सिंहलाई आफूले गाउँपालिकाबाट पाउने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो ।    
यसअघि आफूले गाउँपालिकाबाट पाउने सम्पूर्ण तलब गाउँमा रहेका गरीब, दलित, अपाङ्गता भएका र द्वन्द्वपीडितलाई सहयोग गर्नेे घोषणा गर्नुभएका उहाँले पाँच महिनाको तलब द्वन्द्वपीडित र असहाय बालबालिकाको पढाइमा सहयोग गर्नुभएको थियो ।    

यसैबीच, भैरवी गाउँपालिकाले गाउँका दुर्गम स्थानमा पुगेर महिलाको स्वास्थ्यावस्थाको जानकारी लिन गाउँपालिकाभरिका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु १० हजारका दरले दशैँ खर्च उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?