ज्येष्ठ नागरिकको सम्झना: पहिलेकै दशैँ रमाइलो

समाज |


2019-10-05-2284


 

नगेन्द्र सापकोटा

काठमाडौँ, असोज १८ गते । भक्तपुरको लोकन्थलीमा बस्ने ६६ वर्षीय महाप्रसाद पराजुलीलाई उहिलेको दशैँ सम्झँदा मन नै पुलकित हुन्छ । आफू बाल्यकाल हुँदा मनाउने दशैँै स्मरण गर्दा उहाँलाई अहिलेको दशैँै दशैँजस्तै लाग्दैन ।
उहाँले भन्नुभयो, “दर्जीले घरमा नै आएर एक महिनादेखि सियोले खाडीको दौरा र सुरुवाल सिलाउँथे, उक्त दौरा र सुरुवाल लगाएपछि दशैँै आउँथ्यो । भोजपुरको भोजपुर नगरपालिकामा वडा नंं १ का स्थानीय पराजुली विगत १८ वर्षदेखि काठमाडौँमा नै दशैँै मनाउँदै आउनुभएको छ ।
गाउँमा सबैको घरमा कमेरो र रातो माटोले घर पोत्ने, बलेसी, आँगन नयाँ माटोले लिपेपछि दशैँैको रौनक सुरु हुने उहाँको अनुभव छ । पराजुलीले भन्नुभयो, “भीरपाखामा गएर बाबियो ल्याउने र रातभर बसेर लठ्ठा बाटेर घटस्थापनादेखि नै हालिएको लिङ्गे र रोटेपिङले दशैँैंलाई स्वागत गथ्र्यो ।”
“मीठो खाने, राम्रो लगाउने रमाइलो गर्ने दशैँैको त विशेषता नै हो”, उहाँले भन्नुभयो, “दशैँैले सिङ्गो समाजलाई एक ढिक्का पार्ने र दुःखसुख आदान प्रदान हुने ह चाडका रूपमा लिइन्थ्यो ।”
अहिले हुनेखानेलाई सधँै दशैँैंजस्तै छ तर हुँदा खानेका लागि अहिले पनि मीठो खान र राम्रो लगाउन दशैँै नै कुर्नुपर्ने अवस्था भएको पराजुलीले बताउनुभयो । पराजुलीजस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ का ७६ वर्षीय लालबाहदुर लामा पनि उहिलेको दशैँैले सिङ्गो समाजलाई एक ढिक्का बनाउने गरेको स्मरण गर्नुहुन्छ ।
‘पहिला दशैँैमा पैसाले भन्दा पनि अन्न र सामान साटेर दशैँै मान्ने चलन थियो’, लामाले स्मरण गर्नुभयो, “खसी नहुनेको घरमा खसी हुनेले खसी सापटी दिएर, अन्न नहुनेलाई अन्न दिएर दशैँै मान्ने चलन थियो, अचेल त्यो संस्कार हराएको छ ।”
गाउँका मुखिया र जिम्वालले समाजका निमुखा र विपन्न परिवारलाई दशैँै मनाउन आवश्यक खर्च, खाद्यवस्तु र माछामासु उपहार स्वरूप दिने चलन भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, दशैँैमा रोटे र लिङ्गे पिङमा भेला भएर आ–आफ्नो संस्कृति अनुसारको गीत गाउने र मादल बजाउने चलन थियो । सोह्रश्राद्ध सुरु भएदेखि नै चङ्गा उडाउन थालिन्थ्यो । आकाशमा चङ्गा उडेपछि मनै आनन्दित हुन्थ्यो र टोलटोलमा अब दशैँै आउन लाग्यो भनेर सल्लाह गर्ने परम्परा थियो । उति बेलाको चहलपहल सम्झँदा अहिलेको दशैँैं दशैँजस्तै नभएको गुनासो उहाँको छ । मान्यजनको हातबाट टीका थाप्दा पाइने आशीर्वाद पूरा हुन्छ भन्ने विश्वास थियो । आफन्तसँग मात्र नभई समाजका प्रतिष्ठित र बुढापाकासँग पनि टीका लगाउने परम्परा थियो ।
संस्कृति तथा इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ दशैँै कहिलेदेखि मनाउन थालिएको भन्ने यकिन तथ्य नभेटिए पनि करिब दुई हजार वर्ष पहिलेदेखि दशैँै मनाउन थालिएको अनुमान गर्नुहुन्छ । उहाँका अनुसार, नेपालमा भएका दुर्गा भवानीको मन्दिर अवलोकन गर्दा करिब दुई हजार वर्ष पुरानो भएको पाइन्छ । सोही मन्दिर स्थापना भएदेखि नै नेपालमा दशैँै मनाउन थालिएको आभास हुन्छ ।
उहाँले भन्नुभयो, “दशैँै सबै जाति, वर्ग, समुदायले मान्ने भएकाले दशैँै सबैको साझा राष्ट्रिय पर्व हो, दशैँैले सिङ्गो समाजलाई नै एकसूत्रमा बाँध्ने गर्छ ।” दशैँैले सामाजिक सद्भाव, एकता र भाइचारा कायम गर्छ । जहाँ भाइचारा हुन्छ त्यहाँ शान्ति, जहाँ शान्ति हुन्छ, त्यहाँ समृद्धि हुन्छ । तसर्थ दशैँैले समृद्धिका लागि समेत मार्ग दर्शन गर्ने विश्वास उहाँको छ । दशैँैमा लगाउने रातो टीका र जमराले असत्यमाथि सत्यको विजय हुने पुराणमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?