logo
२०८१ बैशाख १५ शनिवार

  फोटो फिचर  



सडकको भीडभाडबीच यसरी ल्याइयो इन्द्रध्वजकाे लिङ्गाे

समाज |


सडकको भीडभाडबीच यसरी ल्याइयो इन्द्रध्वजकाे लिङ्गाे
तस्बिरः शेखर चाैलागाँइ


सरोज अचार्य/यलु जोशी
काठमाडौं, भदौ १७ गते । भक्तपुरको चित्तपोलबाट लिङ्गोको रूख काटेर ल्याई काठमाडौँ महानगरको भोटाहिटीमा ल्याई पु¥याइएको छ । लिङ्गो ३६ हात लामोे सो विशाल रुख कसरी ल्याइन्छ भन्ने चासो सबैलाई हुन्छ । येँया पुन्हीमा गाडिने लिङ्गो बन्दोबस्तको जिम्मा केन्द्रीय मानन्धर संघलाई हुन्छ । यही संघले हरेक वर्ष भक्तपुरको चित्तपोलबाट रूख काटेर ल्याउने गरेको छ ।


। येँया पुन्ही (इन्द्रजात्रा) को अवसरमा हरेक वर्ष लिङ्गो तानेको, उठाएको र ढालेको हामीले देख्दै आएका छौं । मानन्धर गुठीका बद्रीनारायण मानन्धरका अनुसार, साइतमा बन्चरोको ‘चोट’ पारेपछि रूख काट्ने काम भोलिपल्ट झिसमिसेबाटै सुरु हुन्छ । येँया पुन्हीको निम्ति सबै साइत नेपाल पञ्चांग निर्णायक समितिले जुराउँछ । रूख काट्ने र नगर प्रवेश गराउने साइत पनि समितिले नै तय गरेको हो । उहाँले भन्नुभयो, ‘‘पहिलो दिन नालाबाट रूख तानेर थिमिको राधेराधेसम्म ल्याउने चलन छ । त्यसपछि चौथीको दिन त्यहाँबाट तानेर काठमाडौंको भोटाहिटी ल्याइन्छ ।’’


भोटाहिटीमा सडकछेउ एउटा मण्डल छ । वर्षभरि सवारी साधन गुड्ने भएकाले यो मण्डल छोपेर राखिएको हुन्छ । धेरैले मण्डल छ भन्ने थाहै पाउँदैनन् । इन्द्रजात्रामा यो मण्डलको ठूलो महत्व छ । येँया पुन्ही सुरु भएसँगै मण्डलको ढक्कन खोलिन्छ मानन्धरले जानकारी दिनुभयो ।
त्यसपछि अष्टमीको साइत पारेर नगर प्रवेश गराइन्छ । नगर प्रवेशपछि एकादशीको दिन लिङ्गोमा डोरी बाँध्न थालिन्छ । सनाःगू खलः का ‘चस्वाद्वँ’ मानन्धरहरूले डोरी बाँध्छन् । मानन्धर समुदाय पहिल्यैदेखि प्राविधिक काममा संलग्न रहँदै आएकाले रूख काट्ने र डोरी बाँध्ने जिम्मा दिइएको उहाँले बताउनुभयो । त्यसपछि द्वादशीको दिन हनुमानढोका दरबारअगाडि लिङ्गो उठाइन्छ । यो लिङ्गो उठेपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ ।
लिङ्गोको प्रचलन
केन्द्रीय मानन्धर संघका गजेन्द्र मानन्धरका अनुसार, मल्ल राजा जयप्रकाशकै पालामा लिङ्गो राख्ने प्रचलन सुरु भएको हो । ‘यसको लिखित वा आधिकारिक अभिलेख हामीसँग छैन । येँया पुन्ही नै मल्लकालदेखि चलिआएकाले लिङ्गो उठाउने पनि त्यही बेलाको चलन हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पृथ्वीनारायण शाहले कान्तिपुर जितेपछि यो प्रथा रोकिएको हुन सक्छ । पछि राजा रणबहादुरले फेरि चलनमा ल्याएकाले त्यस्तो मान्यता रहेको हो कि?’


इन्द्रजात्राको मुख्य आकर्षण कुमारी जात्रा हो । माथिल्लो, तल्लो र बीचका विभिन्न टोलमा कुमारी रथयात्रा गर्ने चलन छ । इन्द्रजात्रा साताव्यापी महोत्सव हो, जुन काठमाडौंको निम्ति दशैंभन्दा ठूलो चाडका रूपमा मनाइन्छ ।
गङ्गा क्लबका उमेश कर्माचार्य, सिन्ह स्वाँ खलः का निरन श्रेष्ठ, श्रीकुमारी क्लबका राजकल्याण ताम्राकार, सिद्धिचरण चोक दफ्तर क्लबका राकेश शाही, मखन महादेव क्लबका राजन महर्जनलगायत जैशिदेवल युवा क्लबका अध्यक्षको अगुवाइमा सबै युवा जात्रालाई सहजरूपमा चलाउन लागिपरेका छन् । लगनटोलका अनुज शाक्यका अनुसार, काठमाडौँ भित्री सहरमा जात्राको चहलपहल सुरु भइसकेको छ ।
इन्द्रजात्रा भदौ २७ गते परेको छ, यसो भए पनि साताभन्दा अगावै यहाँ जात्राको गतिविधि सुरु हुन्छ अहिले नै सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोटाहिटीबाट हनुमान ढोका प्रवेश भदौ २०, इन्द्रध्वजोत्थान २४, जैशिदेवलतर्फ २७, कुमारी रथयात्रा २८ गते ठहिँटीतर्फ र नानीचा यात्रा भनेर किलागलतर्फ ३१ गते रथयात्राको दिन तोकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?