logo
२०८१ बैशाख १४ शुक्रवार



पहिरोमा पुरिएर किशोरीको मृत्यु

समाज |


पहिरोमा पुरिएर किशोरीको मृत्यु


सुरेन्द्र खत्री–
रुकुम (पश्चिम), भदौ १६ गते । जिल्लाको आठबीसकोट नगरपालिकामा पहिरोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर घाइते भएकी आठबीसकोट नगरपालिका –१० घारीखोलाकी १६ वर्षीया कमला केसीको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार बिहान ट्युशन पढ्न विद्यालय जाने क्रममा केसीलाई बाटो माथिबाट आएको पहिरोले पुरेको थियो ।

उहाँको उपचारको क्रममा आठबीसकोट नगर अस्पतालमा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कबिराज रोकायले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?