logo
२०८१ बैशाख १४ शुक्रवार



चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान

बिज्ञान |
अन्तर्राष्ट्रिय |


चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान


बेइजिङ, भदौ २१ ग्ते। चीनले विकास गरेको पुनः गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।

उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

चीनको सरकारी समाचार समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाई उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको तस्वीर भने प्रकाशन गरिएको छैन, न त यानको आकार र प्रकारका बारेमा नै केही बताइएको छ ।

सिन्ह्वाले यस अभियानको सफलताले चीनको अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगा हासिल भएको जनाएको छ ।

चीनले यसअघि सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा एक व्यक्तिलाई पठाएको थियो । गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो ।

अर्को यस्तै खोज रोबोट अहिले मंगलग्रहमा पठाइएको छ ।

संयुक्तराज्य अमेरिका र रसिया दुई मुलुकले मात्र हालसम्म पुनः प्रयोग योग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप