logo
२०८१ बैशाख १४ शुक्रवार



विद्युतीय उपकरण प्रयोगका बेफाइदा

बिज्ञान |


विद्युतीय उपकरण प्रयोगका बेफाइदा


डा. हेमराज कोइराला

विद्युतीय उपकरणको प्रयोग गर्न थालेपछि हाम्रो जीवनशैली बदलिएको छ । जीवनका हरेक पाटामा यी यन्त्र एवं उपकरणको प्रयोग हुन थालेपछि हाम्रो जीवन अत्यन्त सुगम बनेको छ तर हाम्रो जीवनशैलीमा लामो समयदेखि घुलमिल भइरहँदा यी यन्त्र एवं उपकरणले मानव स्वास्थ्यमा गहिरो असर समेत पु¥याउँदै गएको छ । यी उपकरणको यथोचित प्रयोग गर्न जाने हाम्रो जीवन सुगम बन्छ भने अनुचित एवं अत्यधिक प्रयोगले स्वास्थ्य मात्र हैन, मानसिक शान्ति र आर्थिक स्थितिलाई समेत धक्का पु¥याउँछ ।


के के छन् स्वास्थ्यमा असर ?

१. आँखामा असरः विद्युतीय उपकरणको अत्यधिक प्रयोगले असर पर्ने प्राथमिक अङ्ग भनेको हाम्रो आँखा हो । यी उपकरणको स्क्रिनबाट उत्सर्जित प्रकाशले हाम्रो आँखालाई सर्वाधिक असर पार्दछ । लगातार स्क्रिनमा हेरिरहँदा आँखामा कम्प्युटर भिजन सिन्ड्रोम नामक शृङ्खलाबद्ध समस्या देखा पर्ने गर्दछ ।

विशेषगरी मोबाइल फोन, ट्याब्लेट, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा हाम्रो आँखामा सुक्खापन बढ्न जान्छ । स्क्रिनमा लगातार हेर्दै गर्दा हामी आँखा झिम्क्याउन भुल्दछौँ । फलतः आँखा सुक्खा हुने गर्दछ । सामान्यतया हामी एक मिनेटमा १५ पल्टसम्म हाम्रो आँखा झिम्किने गर्दछ तर स्क्रिनमा लगातार हेर्दा आँखा झिम्क्याउने दर पाँचदेखि सातपटक मात्र हुने गर्दछ, जसले आँखा सुक्खा बनाउँछ र कम्प्युटर भिजन सिन्ड्रोम देखा पर्दछ ।
यसको अलावा स्क्रिनमा हेरिरहँदा आँखा सुक्खा हुने समस्याले रेटिनाको ओसिलोपनसमेत नष्ट हुने हुँदा दृष्टि नाश पनि हुन सक्छ ।
२) कानमा समस्या ः मोबाइल फोनको लगातार प्रयोग गर्दा कानको श्रवणशक्ति पनि क्षय हुन सक्छ । यसका अलावा टिनिटसको समस्या पनि हुन सक्छ । केही अध्ययनले मोबाइलको अत्यधिक प्रयोगले एकोस्टिक न्युरोमाको समस्या समेत हुने दर्शाएका छन् ।


३) गर्धन÷काँध दुख्ने समस्या ः मोबाइलमा लगातार घोत्लिरहँदा ढाड, कम्मर, गर्धन दुख्ने समस्या आउन सक्छ । यसका अलावा मोबाइल पक्रेर लगातार कुरा गरिरहँदा एकातिर ढल्किरहनुपर्ने हुँदा काँध, गर्धन र मुन्टोमा अतिरिक्त दबाब पर्न जान्छ । फलतः ढाड, कम्मर, गर्धन, काँध र टाउको दुख्ने समस्या देखा पर्न सक्छ ।


४) औँला, नाडी र जोर्नीमा पीडा ः लगातार मोबाइल ट्याब्लेट, कम्प्युटर एवं ल्यापटप चलाइरहँदा औँला, नाडी, एवं अन्य जोर्नीमा पनि दीर्घकालीन पीडा हुन सक्छ । लगातार कम्प्युटरको किबोर्ड हानिरहँदा कार्पल टनल सिन्ड्रोम जस्तो बिरामी पनि हुन सक्छ ।


५) नोमोफोनिया ः मोबाइल फोनको प्रयोगमा लत लागेकालाई एकछिन मोबाइल फोन नपाउँदा छटपटिने, रिसाउने, मुरमुरिने, झगडा गर्नेजस्ता मानसिक उन्मादता देखाउने गर्दछन् । यस समस्यालाई चिकित्सकीय भाषामा ल्य mयदष्भि उजयलष्ब वानोमोफोनिया भन्ने गरिन्छ ।


६) ध्यान केन्द्रित नहुने ः विद्युतीय उपकरणको प्रयोग धेरै गर्ने गर्दा एकाग्र हुन नसक्ने, ध्यान नलाग्ने र विषय विश्लेषण गर्ने क्षमता घट्ने जस्ता मानसिक समस्या देखा पर्दछन् ।


७) छालामा समस्या ः विद्युतीय उपकरणको अत्यधिक प्रयोगले यसबाट निस्कने प्रकाश हाम्रो छालामा त्यसमा पनि अनुहारको छालामा परिरहने हुँदा छालाका कोषहरू मर्दै जाने, छाला चाउरी पर्ने जस्ता समस्या देखा पर्दछन् । फलतः व्यक्ति समयभन्दा पहिले नै बूढो जस्तो देखिने गर्दछ ।


८) क्यान्सर ः विद्युतीय उपकरण त्यसमा पनि मोबाइल फोनको अत्यधिक प्रयोग गर्ने गर्दा ग्लायोमा, एकोस्टिक न्युरोमा, मोनिन्जियोमा जस्ता समस्याको जोखिम बढ्छ ।


९) प्रजनन क्षमतामा ह्रास ः विद्युतीय उपकरणबाट निस्कने रेडियसन एवं ताप दुवै प्रजनन प्रणालीका लागि हानिकारक सिद्ध भइसकेका छन् । यी उपकरणको प्रयोगले पुरुषमा शुक्रकीटको सङ्ख्या कम हुने, वीर्यको गुणवत्ता कम हुने एवं नपुसंकता जस्ता समस्या देखा पर्दछ भने महिलामा पनि बाँझोपनको समस्या आउन सक्छ ।


१०) अनिद्रा ः मोबाइल फोन लगायतका स्क्रिन भएका विद्युतीय उपकरणको प्रयोगले निद्रासम्बन्धी समस्या थपिदिन सक्छ । विशेषगरी सुत्ने समयपूर्व स्क्रिन हेर्ने बानीले अनिद्राको समस्या ल्याउँछ ।


११) नैराश्यताः नैराश्यता एउटा मानसिक बिरामी हो । खासगरी विद्युतीय उपकरणको दुनियाँमा रमाउनेले आफूलाई आफ्ना साथीभाइ एवं परिवारजनसँग टाढा राख्ने हुँदा पारिवारिक माया ममता, सद्भाव एवं साथीसङ्गीहरूको साथ, सहयोग र शुभकामनाबाट वञ्चित रहने हुँदा उसलाई एक्लोपनले सताउन थाल्छ । फलतः यी समस्या निराशा वा नैराश्यताको रूपमा प्रकट हुने गर्दछ ।


१२) स्मृति नाश ः मोबाइल, ल्यापटप एवं ट्याब्लेट जस्ता उपकरणलाई मानिसले डायरी नोटप्याडका रूपमा सूचना भण्डारणका लागि पनि उपयोग गर्ने हुँदा प्रयोगकर्तामा यी उपकरणप्रति निर्भरता बढ्दै गइरेकाले सूचनायाद राख्ने क्षमतामा ह्रास आउँछ ।


१३) स्नायु क्षय ः मोबाइल फोनबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक रेडियसनले स्नायु तन्तुको डीएनए ड्यामेज गर्न सक्छ ।

स्नायु तन्तुको ड्यामेज हुँदा यसले स्नायुको कार्य प्रणालीमा पनि असर पार्न सक्छ । फलतः एकाग्रत ध्यान, लय, तानभाव प्रकटीकरणमा समस्या देखिनुका साथै श्रव्यदृश्य संज्ञान वाणी रसस्वादन र चाल नियन्त्रण जस्ता क्रियामा पनि समस्या देखिन सक्छ ।
१४) मुटुको समस्या ः मोबाइल, ट्याब्लेट एवं कम्प्युटर जस्ता विद्युतीय उपकरणको प्रयोगले मुटुको चालसम्बन्धी समस्या निम्त्याउन सक्छ साथै यी उपकरणको अत्यधिक प्रयोगले शारीरिक निष्क्रियता बढाउने हुँदा कोरानरी मुटुरोगको समस्या पनि बढ्ने गर्दछ ।


५) आनीबानीमा परिवर्तन ः मोबाइल फोन लगायत अन्य उपकरणको अधिक प्रयोगले मानिसलाई साथीभाइ परिवार एवं समाजबाट टाढा लैजान्छ । फलतः प्रयोगकर्ताको आनीबानी असामाजिक हुने, स्वार्थी, एकलकाटे एवं आपराधिक संस्कृतिले प्रश्रय पाउने जस्ता समस्या देखा पर्न सक्छन् ।


१६) दुर्घटना ः रोड ट्राफिक दुर्घटनाका धेरै कारणमध्ये महìवपूर्ण कारण विचलित ड्राइभिङ पनि हो र विचलित ड्राइभिङको पहिलो कारक तत्व मोबाइल फोन हो । सवारी चलाउँदा हातले पक्रेर फोन सुन्दा म्यासेज पठाउँदा, अडियो भिडियो सुन्दा÷हेर्दा वा गेम खेल्दा चालकको ध्यान विचलित हुने हुँदा यसले दुर्घटना निम्त्याउँछ । विभिन्न अध्ययनले दर्शायअनुरूप चालकले वाहन चलाउँदाका बखत मोबाइल चलाउँदा दुर्घटना हुने चान्स तीन÷चार गुणाले बढेर जान्छ ।


१७) सङ्क्रमणको सम्भावना ः मोबाइल फोन एवं अन्य विद्युतीय उपकरणको लगातार प्रयोग गर्दा त्यहाँ पसिना, सिँगान, थुक, चिप्रा, खानाको पार्टिकलजस्ता जैविक मल जम्ने र त्यहाँ ब्याक्टेरियाहरू फैलिन सक्ने हुँदा लु, रुघाखोकी र सङ्क्रमण जस्ता समस्या आइरहने हुन्छ ।


१८) शरीरमा राखिएका उपकरणलाइ दखल पु¥याउने ः मोबाइल फोनजस्ता विद्युतीय तरङ्ग पैदा गर्ने उपकरणले मुटुको पेसमेकर, श्रवणयन्त्रजस्ता यन्त्रउपकरणको कार्यक्षमतामा दखल पु¥याउँछ ।


१९) छद्म पकेट कम्पन सिन्ड्रोम ः मोबाइल फोन पकेटमा कम्पनमोडमा राख्नेहरू मोबाइलमा फोन नआउँदा पनि पकेटमा मोबाइल भाइब्रेट भएको महसुस गर्दछन् । यसलाई चिकित्सकहरू छद्म पकेट कम्पन सिन्ड्रोम एजबलतयm उयअपभत खष्दचबतष्यल कथलमचयmभ भन्दछन् ।


२०) साइबर बुलिङ ः मोबाइल वा कम्प्युटरमा नेट चलाउनेहरू अक्सर साइबर बुलिङ वा साइबर उत्पीडनको सिकार हुने गर्दछन् । साइबर उत्पीडनमा विशेषगरी सामाजिक अफवाह फैलाउने, धम्की दिने, यौनजन्य सामग्री पठाउने, व्यक्तिगत सूचनाहरू खुलासा गरिदिने र उत्तेजक भाषण गर्ने जस्ता क्रियाकलाप पर्दछन् ।


२१) व्यक्ति, परिवार र समाजसँग दूरी बढ्ने ः यी विद्युतीय उपकरणको अतिप्रयोगले व्यक्तिलाई अर्काे व्यक्तिसँग दूरी बढाएको, परिवार र समाजसँग पनि दूरी बढाएको छ । फलतः मान्छे आज सामाजिकभन्दा असामाजिक बन्दै गइरहेको छ ।


२२) उपकरणको नशा ः अध्ययनले दर्शाएअनुरूप आज समाजमा विद्युतीय उपकरणको निर्भरता पनि बढ्दै गइरहेको र उपकरणको अभावमा मान्छे छटपटिने र नभई नहुने जस्ता समस्याले ग्रस्त हँुदै गइरहेको छ ।


२३) गर्भवती महिलाले इलेक्ट्रो म्याग्निटोक रेडियसन उत्सर्जन गर्ने उपकरण प्रयोग गर्ने गरे यसले गर्भको शिशुलाई समेत असर पु¥याउन सक्छ । फलतः शिशुको विकास पनि प्रभावित हुन सक्छ ।


२४) मानसिक तनाव ः यी उपकरणको प्रयोगले दिमागी लोड बढ्ने हुँदा प्रयोगकर्ता चाँडै तनावग्रस्त हुन सक्छ । 

२०७६ माघ युवामञ्च

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?