logo
२०८१ बैशाख २७ बिहीवार



फ्रिजमा के राख्ने के नराख्ने

बिज्ञान |


फ्रिजमा के राख्ने के नराख्ने


मानिसको उपभोगका लागि उत्पादन गरिने सबैखाले खाद्यवस्तुमा प्रत्येक वर्ष लगभग एक तिहाइ त्यत्तिकै खेर जान्छ । यसको अर्थ मानिसले प्रत्येक वर्ष १.३ अर्ब टन खाना फ्याँक्ने गर्छ ।
तर पछिका लागि खाना लामो समय सुरक्षित राख्न सकिन्छ र त्यो कार्य गर्छ रेफ्रिजेरेटर वा फ्रिजले । तथापि हामीमध्ये कति जना होलान् जसलाई फ्रिजमा कस्ता खालका खाना कसरी राख्न सकिन्छ भन्ने सही जानकारी होला ?
फ्रिजमा कुन खाना सुरक्षित हुन्छ ?, खानालाई कति समयसम्म फ्रिजमा सुरक्षित राख्न सकिन्छ ? र काँचो वा पाकेको कुन अवस्थाको खाद्यवस्तुलाई फ्रिजमा राख्न
सकिन्छ ? यी प्रश्नको उत्तर मानिसले आ–आफ्नै किसिमले व्याख्या गर्ने गरेको पाइन्छ ।
तर हामीले बुझ्नुपर्ने कुरा के हो भने खाद्यवस्तुलाई फ्रिजमा राख्दा त्यो ब्याक्टेरियाबाट पूर्णतया सुरक्षित चाहिँ हुँदैन । त्यसैले फ्रिजमै पनि एक निश्चित समयमा खाद्यवस्तु बिग्रन थाल्छ ।
केही सामान्य जानकारी छन् जसको अनुशरण गरी हामी आफ्ना खाद्यवस्तु खेर जानबाट धेरै हदसम्म बचाउन सक्छौँ ।

खाद्यवस्तुलाई फ्रिजमा राख्दा ध्यान राख्नुपर्ने कुरा:

 फ्रिजमा राख्नु पहिले सबै खाद्यवस्तुलाई कोठाको तापक्रममा पुग्नु दिनुस् ।
 सबै खाद्यवस्तु बिर्को लगाइएका बट्टा वा बन्द गरिएका थैलामा राख्नुहोस् ।
 मासुलाई विशेष किसिमले बन्द गरेर राख्नुपर्छ ।
 बढी पानी भएका जुनसुकै वस्तु फ्रिजमा राखेपछि पूर्ववत् नरहन सक्छन् ।
 चिस्याइएको मासुलाई पकाउनु पहिले पानीले सफा गर्नुपर्छ तर ब्रेड जस्ता अन्य वस्तुलाई सोभैm सेक्न वा पकाउन सकिन्छ ।
 काँचो मासुलाई कहिल्यै पनि पुनः चिस्याउने नगरौँ । बरु पकाएको मासुलाई फ्रिजमा राख्न सक्नुहुन्छ ।
 फ्रिजमा धेरै वस्तु कोचेर राख्नु हुँदैन ।

फ्रिजमा कुन खाद्यवस्तु कति समय राख्न सकिन्छ ?

सामान्य नियमअनुसार कुनै पनि वस्तुलाई नौ महिनाभन्दा बढी समय फ्रिजमा राख्नुहुँदैन । तर विभिन्न खालका खाद्यवस्तुका लागि आ–आफ्नै समयावधि छन् ।
तर यसका लागि फ्रिजको तापक्रम मिलाएर राख्नु अत्यन्त जरुरी छ । अन्यथा फ्रिजमा राखिएका वस्तु समय अगावै बिग्रन सक्छन् । 

२०७६ माघ युवामञ्च

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?