logo
२०८१ बैशाख १४ शुक्रवार



एउटा स्वच्छन्द कविता

शनिवार |


एउटा स्वच्छन्द कविता


राजेश ढुंगाना

गुपचुप गुपचुप
अर्कैसँग सम्भोग गरेर
समर्पणको
अभिनय चाहिँ मसँग ग¥यौँ
मेरो नियति
यसलाई मैले नस्वीकार्दा पनि धर छैन
स्वीकार्दा पनि भर छैन

सोच्छु कहिलेकाहीँ
मेरो छोरो जन्मिएको भए
आहाँ ! कसको छोरो जन्मने रहेछ

सहर्ष प्रश्नहरू
एकै पटक आएपछि
उत्तर दिन असमर्थ म
तै पनि
संसारको सबैभन्दा
सुन्दर र पवित्र स्त्री
तिमीलाई नै पाउँछु !

स्वीकार पछि
अस्वीकारको के अर्थ हुन्छ ?
त्यसैले मैले
तिमीलाई
जस्ताको तस्तै
स्वीकारेको छु
सट्टामा अर्को होइन !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?