logo
२०८१ बैशाख १४ शुक्रवार



शक्ति र प्रभाव (कविता)

शनिवार |


शक्ति र प्रभाव (कविता)


कुन्दनकुमार पन्त

पटक पटकको घात–प्रतिघातबाट
फाटिइसकेको विश्वासलाई
शब्द र भाषाको लेप लगाएर
जोड्ने प्रयास निरर्थक हुन्छ
क्षणिक टालटुल र टाँसटुससम्म त
गर्न सकिएला
तर,
जब लेप सुक्छ
फेरि फाटिइ हाल्छ ।
त्यसैले,
शब्द र भाषाको शक्ति र प्रभाव त
कार्य र व्यवहारमा निर्भर हुने गर्दछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?