logo
२०८१ बैशाख १५ शनिवार



दृश्यपटमा (कविता )

शनिवार |


दृश्यपटमा (कविता )


महेश प्रसाई

रङ्गमञ्चमा
अहिले सबै प्रस्तावना
उस्तै छन्,
नेपथ्यमा जे छ
दृश्य–उपदृश्यहरू, उस्तै छन्,

कोही बदलिएको छैन
बदलिएको छैन केही पनि,

‘सोकल्ड’ चस्माले हेर्नु बेग्लै कुरा हो
आधुनिक लेन्सले
सूूक्ष्म कुनै दृष्टिले
फरक नजरियाले
जसरी हेर्न सकिन्छ,

सगरमाथा उस्तै छ
कपिलवस्तु उस्तै छ
मिथिला उस्तै छ
पारुहाङ, यलम्बरहरू उस्तै छन्,
पर्वत, नदी र झरनाहरू उस्तै छन्
फाँट–बेंसी र तराईहरू उस्तै छन्
सुख–दुःख, पीडा–व्यामोहका
उकाली–ओह्राली र देउरालीहरू
सबै सबै उस्तै छन्,
चन्द्र सूूर्य उस्तै छन्,

सीताको रामायण जारी छ
अलिकति आमा लतारिएकी हुन्,
द्रोपदीको महाभारत जारी छ
अलिकति पत्नी लतारिएकी हुन्,

अन्य कुराहरू
सामान्य यस निम्ति छन् कि
सबै कुराहरू
फेरि पनि उस्तै उस्तै छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?