logo
२०८१ बैशाख १५ शनिवार



प्रिय दिदी (कविता )

शनिवार |


प्रिय दिदी  (कविता )


प्रा.डा. ईश्वरचन्द्र घिमिरे


यी घाउमा चाहे जति मलम लगाउ प्रिय दिदी ।
पीडा दिने किडा अलि पर भगाउ प्रिय दिदी ।।
दुःख हटाइ सुख दिनी चिज मगाउ प्रिय दिदी ।
निराशामा आशा अझ बढि जगाउ प्रिय दिदी ।।

तिम्रा ती सुकुमार कोमल मुना हात नरम छन् अति ।
तिम्रो शिल स्वभाव स्वच्छ रसिलो हाँसो मीठो औषधि ।।
तिम्रो कर्म अति पवित्र दिलले निस्वार्थ सेवा ग¥याँै ।
हाम्रा हृदय र मन मस्तिष्कमा विश्वास राम्रो भ¥याँै ।। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?