logo
२०८१ बैशाख १४ शुक्रवार



गीत

शनिवार |


गीत


जेबी खत्री


बाटातिर हेरेर बार्दलीमा बस्नेलाई
देखेपछि मुस्कुराउँँदै भित्र पस्नेलाई ।

हृदयमा चाहनाको एउटा पोको थियो
भेटमा फुकाएर देखाउने धोको थियो
मेरै बाटो हेरेर बार्दलीमा बस्नेलाई
देखेपछि मुस्कुराउँदै भित्र पस्नेलाई ।

कति खुसी हुन्छ मन वसन्तले छाएपछि
मनपर्दो मान्छेको साथ पाएपछि
पलपल सम्झिरहन्छु बार्दलीमा बस्नेलाई
देखेपछि मुस्कुराउँदै भित्र पस्नेलाई ।

हिँड्दाहिँड्दै एक्लै पनि बोल्दो रै’छु म त !
कहीँ कतै उभिएर टोलाउँदो रै’छु म त !
इसाराले बोलाउँ कि बार्दलीमा बस्नेलाई
देखेपछि मुस्कुराउँदै भित्र पस्नेलाई ।

बाटातिर हेरेर बार्दलीमा बस्नेलाई
देखेपछि मुस्कुराउँँदै भित्र पस्नेलाई । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?