logo
२०८१ जेष्ठ ६ आईतवार



पृथ्वीराज (कथा)

शनिवार |


पृथ्वीराज (कथा)


शशी भट्टराई श्रेष्ठ

म चलेको साहित्यकार ऊ, उसका किताब पढेर पाठकहरू चरम आनन्दमा हराउँछन् । ख्यालठट्टा, हाँसोरोदन, यौन, धोका सबैको मिश्रण उसको सिर्जनामा पाइन्छ ।
सानैदेखि मिहिनेती उसले आफ्नो बाको दुःख, सङ्घर्ष राम्रोसँग बुझेको, देखेको थियो । रातदिन केही नभनी उसका बाले कल खट्खट् पारेर घरमा सुखसयल रूपी सङ्गीतको ध्वनि गुन्जाइरहन्थे । विचरा उसका बा जीर्ण शरीर लिएर मीठा गीतहरू गुनगुनाउँदै लुगा सिलाइरहन्थे । बाको गीत र मेसिनको एकनासको खट्खट् आवाजसँगै ऊ केके सम्झेर लेखिरहन्थ्यो । बाले ‘‘पढ् है छोरा, पढिनस् भने मेरोजस्तै जीवनभर सियोमा धागो हालेर बस्नुपर्छ’’ भनेको सम्झेर ऊ डराउँथ्यो । धेरै पढेर ठूलो मान्छे बनेको सपना ऊ देख्थ्यो । सपनालाई कापीमा उताथ्र्याे र आफ्नो बालाई सुनाउँथ्यो, कहिले कविताको रूपमा त कहिले कथाको रूपमा ।
यसरी नै उसको लेखन यात्रा अगाडि बढिरह्यो । ऊ विभिन्न प्रतियोगितामा भाग लिन्थ्यो र जित्थ्यो पनि । एक पटक पुरस्कार जितेर घर आउँदा बाले मेसिनमा खुट्टा टक्क अड्याएर गर्वले फुलेको छाती इन्चिटेपले नापेको देखेर ऊ मुसुक्क मुस्कुरायो । त्यतिबेला नै उसले आफ्नी आमालाई आँखाभरि सम्झियो । आमासँगै सम्झनामा बगेर ठूलो कुम्भीको रुख पनि सँगै आयो । ऊ दुःखी भयो । एकदिन प्यारी आमा बस्तुलाई घाँस झार्न कुम्भीको रुख चढ्दा हाँगो भाँचिएर कान्लै कान्ला धेरै तल खसेकी थिइन् । बाटो हिँड्ने बटुवाले देखेर उनलाई नजिकैको हेल्थ पोस्ट कुदाए । उपचारपछि उनी घर त आइन् तर आमा दिनदिनै सुक्तै गइन्, उनका शरीरभरि चोट थिए ।
एकदिन आमाले ‘‘मेरो छेउमा आइज न राजा’’ भनिन् । खासमा उसको नाम बाले पृथ्वीराज राखिदिएका थिए तर आमा मायाले बोलाउँदा उसलाई राजा भन्ने गर्थिन् । ऊ आमाका छेउमा दौडँदै गयो । आमाले ‘‘तेरो कापीमा मेरो हाँसेको फोटो बनाइदे न छोरा’’ भनिन् । ऊ सानै थियो । जसोतसो बनाएर आमालाई देखायो । आमा आफ्नो फोटो हेरेर हाँसिरहिन् । त्यो फोटो नै आमाको अन्तिम फोटो भयो । भोलिपल्ट आमा उठिनन् । यसरी कुम्भीको रुखले आमालाई लग्यो । बिचरा ऊ स्कुल जाँदा आउँदा बाटोमा पर्ने त्यो रुखमा एकछिन ठिङ्ग उभिएर वरिपरि आमा खोज्थ्यो । साथीका आमा सम्झिन्थ्यो र बा हेर्दै मन बुझाउँथ्यो ।
पृथ्वीराज कुरा बुझ्ने हुँदै गयो । पढाइ पनि राम्रो हुँदै गयो । ऊ जिल्लाभरिको नामी साहित्यकार भइसकेको थियो । एकदिन बा पनि खाना खाइसकेर एकैछिन आराम गर्न भनेर निदाएका थिए । फेरि बिउँझेनन् । अब घरमा ऊ मात्र एक्लो रह्यो । उसको बाल्यकालमा लुकेको खुसी खोज्दा खोज्दै दुःखसँग बित्यो । उसले आफ्नैजस्ता धेरै दुःखका कथा पढिसकेको थियो । ती दुःखका कहाली लाग्दो रात र दिनहरूमा सदगुरुका किताबहरू पढेर जीवन जिउने कला सिक्यो ।
उसलाई आमाबा नभएको घरमा बस्न मन लागेन । त्यसैले कलेज पढ्न काठमाडौँ जाने विचार ग¥यो उसले । एकदिन छिमेकीहरूलाई पढ्नका लागि काठमाडौँ जान लागेको र पढाइ सकिएपछि गाउँ फर्कने कुरा सुनाएर बिदा माग्दै ऊ काठमाडौँ गयो । उसले काठमाडौँमा आएर धेरै सङ्घर्ष ग¥यो । आफ्नो लेख्ने कर्म पनि छोडेन । उसले कथा, कविता सुनाउँदा मान्छेहरू उसको अनुहार हेरिरहन्थे । मन्त्रमुग्ध बनाउन सक्ने कला थियो ऊसँग । उसका लेखहरू पत्रिकामा आउँथे । वर्षभरिमा दुई तीन वटा किताब लेखेर निकाल्थ्यो । ऊ परिश्रम गर्दा गर्दै धेरै छिटो उचाइमा पुग्यो ।
काठमाडौँको डेरामा उसको कोठा छेउमा दुई आमाछोरी बस्थे ‌। आमा दिनभर कोठामा बसिरहन्थिन् । उनी हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन् । छोरी स्कुल पढाउन जाने गर्थिन् । ऊ आफ्नो कोठामा भएको बेला ती असहाय आमाले उसलाई भित्र बाहिर गरेको देखेर बोलाउँथिन् । उसलाई पनि आफ्नो भन्ने कोही नभएकोले ती आमाको माया लाग्थ्यो । आमाले बोलाउँदा ऊ पनि गएर आफ्नो कथा सुनाउँथ्यो । ती आमाले पनि एकदिन आफ्नो कथा भनिन्– ‘‘मेरो कति सुन्दर संसार थियो । श्रीमान्को व्यापार थियो । उहाँ व्यापारको क्रममा प्रायः बाहिर गइरहनुहुन्थ्यो ।
अरू सन्तान नजन्माउने एक मात्र छोरीलाई धेरै पढाएर असल मान्छे बनाउने उहाँको इच्छामा म पनि सहमत भएँ । छोरी स्कुल सकेर राम्रो कलेज पढ्दै थिई । श्रीमान् एकदिन सामान लिन भनेर दुबई जानुभएको थियो । उहाँ गएको धेरै दिन भइसकेको थियो । कहिले आउने होला भनेर म सधैँ प्रतीक्षामा बसेकी थिएँ । उहाँसँग फोन सम्पर्क गर्दा फोन अफ भयो । कामको क्रममा फोन अफ हुनु कुनै नौलो कुरा लागेन । आउने आशामा दिनहरू बित्दै गए । एकदिन म सधैँजसो आफ्नो दैनिक जीवनमा चाहिने सामग्री लिन बजार गएकी थिएँ । अचानक पछाडिबाट आएको ट्याक्सीले मेरो स्कुटरमा ठक्कर दियो । ट्याक्सीवाला भागिहाल्यो, मलाई बाटोमा हिँड्ने पैदलयात्रीले हस्पिटल लगे । मेरो पटक पटक ढाडको अप्रेसन भयो तर सफल भएन । पैसा पनि उपचारका क्रममा सबै सकियो । छोरीले घर बेचेर मेरा लागि उपचारको कुनै कसर बाँकी राखिन । तर म ठीक हुनै सकिनँ । छोरी स्कुल पढाउँदै कलेज पढ्दै छे । उसको बुबा आजका दिनसम्म फर्केर आएका छैनन् ।’’
आमाको कुराले पृथ्वीराज ती आमासँग झन्झन् नजिक भयो । आमाले उसलाई आफ्नी छोरीसँग विवाह गर्ने आग्रह गर्नुभयो । उसलाई पनि त सहाराको खाँचो थियो । ‘हुन्छ’ भनिदियो र घरजम ग¥यो । एउटा सुन्दर सुविधायुक्त घर पनि बनायो । प्यारी आमालाई पनि आपूmसँगै राख्यो ।
किताब लेखेर पैसा कमाएपछि उसले आफ्नै एउटा छापाखाना खोल्यो । नाम चलेका साहित्यकारहरूको पुस्तक उसको छापाखानामा छापिन्थ्यो । बिक्री वितरण हुन्थ्यो । उसले कर्जा लिएर यो व्यवसायलाई ठूलो बनायो । देशभरि उसको प्रेसमा छापिएका किताबहरू बिक्री वितरण हुन थाल्यो । व्यवसाय पैmलिएको देख्दा कहिलेकाहीँ ऊ आमाबा सम्झिन्थ्यो र दुःखी हुन्थ्यो ।
उसको अक्षरको खेती राम्रो चलेको थियो । छोराछोरीलाई पनि नाम चलेकै स्कुलमा पढाएको थियो । श्रीमती घरव्यवहार चलाउँथिन् । श्रीमान्लाई पनि सघाउँथिन् । सुखका दिनहरू धमाधम बितिरहेका थिए । यत्तिकैमा अचानक कोरोना भाइरसले विश्वभरि डरलाग्दो आतङ्क सिर्जना ग¥यो । गाउँ सहर सबैतिर यो भाइरसको त्रास पैmलियो । धनी गरिब केही नभनी मान्छेहरू भकाभक मर्न थाले । अनि संसारका धेरै देशमा बन्दाबन्दी भयो । मानिसहरू घरभित्र बस्न थाले । हाम्रो देशमा पनि बन्दाबन्दी सुरु भयो । सबै क्षेत्र ठप्प भयो । एक प्रकारले समय नै रोकियो । सरकारले गरेको यो बन्दाबन्दीको उसले विरोध त ग¥यो तर केही सीप चलेन । बन्द समस्याको समाधान होइन भन्दै सरकारलाई उसले चिठी लेख्यो तर कतै सुनुवाइ भएन ।
मान्छेलाई दैनिक गुजारा चलाउन धाँैधाँै परेको बेला किताब किनबेच त टाढाकै कुरा भयो । यस्तो अवस्थाले गर्दा उसको व्यवसाय सबै बन्द भयो । उसलाई आर्थिक समस्या पर्न थाल्यो । घर बनाउँदा, व्यवसाय बढाउँदा र गाडी किन्दाको ऋणले उसलाई च्याप्यो । यो सबै छोडेर ऊ अहिले गाउँ सम्झन्छ । कुनै ऋण बिनाको बाको लुगा सिउने मेसिन सम्झन्छ तर अब सम्झनु मात्र त हो । न त ऊ परिवार लगेर गाउँमा बस्न सक्छ न त काठमाडौँमा रमाउन सक्छ ।
आजकल ऊ मनोपरामर्श लिनका लागि धाइरहन्छ । सायद उसलाई कुनै डरलाग्दो ऋणको रोग लागेको छ । ऊ एक्लै एक्लै बसिरहन्छ, आफ्नो परिवारलाई पनि नचिनेको जस्तो गर्छ । किताबका अक्षरहरूसँग गफ गर्छ, लेख्छ र जोड जोडले चिच्याइ चिच्याइ भित्ताहरूलाई सुनाउँछ । ऊ प्रत्येक दिन बिहानै उठ्छ र झ्यालबाट टाउको निकालेर सुनसान बाटोतिर हेर्दै कविता वाचन गर्छ–
ए कोरोना भाइरस !
बाफ बनेका शब्दहरू,
बरफ बनेका कथाहरू
उड्नु र पग्लनु अघि नै
तिमीले मलाई सुम्सुम्याउनेछाँै ।
तिमीले मलाई आफ्नो बनाएकै दिन
मेरा सबै सपनाहरू पूरा हुनेछन् ।
आऊ कोरोना,
आजभोलि यो भीडभाड नभएकै बेला
म तिमीलाई
मेरो फोक्सोभित्र लुकाएर
नयाँ संसार घुमाउन लानेछु ।। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?