logo
२०८१ बैशाख १४ शुक्रवार



आकाशले ढाकेको जीवन (कविता)

शनिवार |


आकाशले ढाकेको जीवन (कविता)


तेजेश्वरबाबु ग्वंगः

आकाश उघ्रिसकेको हुन्छ
जब बिउँझन्छु म सखारै
बिउँझिई रहूँझैँ लाग्छ मलाई
उघ्रेको आकाश ओढेरै ।

आकाश ओढ्न पाएरै होला
उसले छोइरहेझैँ लाग्छ
कहिले उसले किरण उज्यालो
छर्किदिन्छ जिउभर मलाई ।

त्यै किरणले पोषित भएर
बाँचिरहेझँै लाग्छ
तेज बिनाको के जीवन ?
आकाश तेजकै गर्भस्थान !  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?