logo
२०८१ बैशाख १४ शुक्रवार



कठिन छ जिन्दगी (कविता)

शनिवार |


कठिन छ जिन्दगी (कविता)


हरिहर तिमिल्सिना


कठिन छ साथी यहाँ कठिन छ जिन्दगी
कसरी भन्नु मैले रङ्गीन छ जिन्दगी

हावा यस्तो भयो कि सास फेर्नै गाह्रो भो
दृश्य यस्ता भए कि आँखा हेर्नै गाह्रो भो

सडकमा त्यसै त्यसै फ्याँकिन्छन् सपना
हाटमा झैँ बिक्रीमा राखिन्छन् सपना

आफैँलाई घोच्न खोज्ने सङ्गिन छ जिन्दगी
कसरी भन्नु मैले रङ्गीन छ जिन्दगी

इमानको खडेरीले सुकाएको धेरै भयो
मुटु घोची घोची तिम्ले दुखाएको धेरै भयो

घात यति भए कि दुखाइ मात्र बाँकी छन्
औँसीझैँ अन्धकार भोगाइमात्र बाँकी छन्

असत्य र शब्दजालकै अधीन छ जिन्दगी
कसरी भन्नु मैले रङ्गीन छ जिन्दगी ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?