logo
२०८१ बैशाख १४ शुक्रवार



ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

राष्ट्रिय |


ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण


गाेरखापत्र अनलाइन

काठमाडौं, असोज ९ गते । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी महानगरका प्रवक्ता राजु महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो मेयर महर्जन टाउको दुख्ने समस्या भएपछि पाटन अस्पताल परीक्षण गर्दा आज कोरोना संक्रमणको पोजेटिभ रिर्पोट आएको हो । उहाँ अहिले होम आइसोलेसनमा बस्नुभएको प्रवक्ता महर्जनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?