logo
२०८१ बैशाख १५ शनिवार



कोरोना कहर (कविता)

शनिवार |


कोरोना कहर (कविता)


भानुप्रकाश जोशी

कोरोनाको कहर छ घरमै बसिराख
योग, ध्यान, प्राणायाम टाढै बसिराख

डरलाग्दो अदृश्य यो मानवको शत्रु
जताततै सर्ने रोग सोच्दै बसिराख

चीनबाट उब्जेको यो महामारी रोग
विश्वभरि फैलिसक्यो ल है बसिराख

हाहाकार कोलाहल मृत्युको ताण्डव
तातोपानी बाफ लिई त्यतै बसिराख

धेरै पिर ताप लिई छट्पटाउन हुन्न
धीर, शान्त, सरल बनी सधैँ बसिराख

अध्यात्म र दर्शनको अध्ययन गर्दै
बढाएर आत्मबल अझै बसिराख

ठूलो देश सम्पन्नलाई गाँज्यो लौ न धेर
जागरुक आफ्नाहरु सँगै बसिराख

एक दिन मान्छेसामु झुक्नैपर्छ त्यसले
सामाजिक दूरी राखी भित्रै बसिराख ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?