logo
२०७७ जेष्ठ १४ बुधवार

समानताका पाइलाहरू

शनिवार |


2020-03-21-10527



नेपाली महिला आन्दोलन अनेकौँ घुम्ती र मोड पार गर्दै अगाडि बढिरहेको छ । २००७ सालभन्दा अघि महिला आफ्नो अधिकारका लागि धार्मिक तथा शैक्षिक जागरणका माध्यमबाट स्वस्फूर्त रूपमा आन्दोलनमा सहभागी हुन्थे । २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि महिला अधिकारको चेतनामा थप विस्तार हुन पुग्छ । नेपालमा महिला जागरणको आरम्भदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, २०७२ सालको नयाँ संविधान र तीन तहको निर्वाचनपछि गठन भएका तीन तहका सरकारसम्म महिलाको सहभागिता र नेतृत्वको चरणलाई तुलनात्मक तथा विश्लेषणात्मक रूपमा प्रस्तुत गरी विन्दा पाण्डेले ‘समानताका पाइलाहरू’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । पुस्तकमा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, महिलामा त्यसले पारेको सकारात्मक प्रभाव, अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन, आठ मार्चको ऐतिहासिक पृष्ठभूमिबाट नेपालको कम्युनिस्ट आन्दोलनमा परेको प्रभावबारे चर्चा गरिएको छ । यसैगरी कम्युनिस्ट पार्टीको स्थापना र यसमा महिलाको प्रतिनिधित्व, अखिल नेपाल महिला सङ्घको स्थापना र सङ्घले गरेका ऐतिहासिक निर्णय र गतिविधि, नेकपाका अधिवेशन, अधिवेशनले महिलाका सन्दर्भमा गरेका महìवपूर्ण नी(ितगत निर्णय, कुन समयमा केके भएका थिए ती सबैलाई एउटै पुस्तकमा दस्तावेजीकरण गरिएबाट यो पुस्तक अझ गहन र महìवपूर्ण बनेको छ ।
व्यवस्था परिवर्तन मात्र सबैथोक होइन । जुनसुकै व्यवस्था सिद्धान्ततः जतिसुकै राम्रो भए पनि व्यवहारतः कार्यान्वयन हुन सकेन भने त्यसले निम्त्याउने नतिजा भनेको विद्रोह नै हो । महिला हिंसा न्यूनीकरण, महिला सहभागिता, नेतृत्वमा समावेशिता जस्ता कुरा २०७२ को गणतान्त्रिक संविधानबाट प्राप्त भएको छ तर कार्यान्वयन हुन सकेन भने त्यसको केही अर्थ हुँदैन । महिलाको पक्षमा भएका पहल, प्रयत्न र नेतृत्व अग्रगामी रहे पनि कार्यान्वयनको पाटो भने चुनौतीपूर्ण रहेको तथ्य पुस्तकमा समावेश गरिएका तालिकाबाट छर्लङ्ग हुन्छ । यो चुनौतीलाई वर्तमान राजनीतिक नेतृत्वले समयमै स्वीकार गर्न सक्यो र पार्टी जीवन तथा राज्यका सबैजसो निकायमा लागू गर्न सक्यो भने ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार पार्न सहयोग पुग्नेछ ।
नौ भागमा विभाजित पुस्तकमा शोध र अनुसन्धानका दृष्टिले हेर्दा विषयवस्तुको गहनता र परिवेशलाई पूर्णतः आत्मसात् गर्दै नेपाली महिला आन्दोलनमा कसरी जोडिए ? कुनकुन आन्दोलनमा कसरी सहभागी भए ? ती सबै घटनाक्रमलाई यस पुस्तकमा समेटिएको छ । महिला आन्दोलनभन्दा समग्र महिला आन्दोलन बुझिन आउँछ । तर प्रस्तुतिमा नेकपा सम्बद्ध अझ नेकपा (एमाले) सम्बद्ध घटनाक्रम र नीति निर्माणका चरण सिलसिलेवार चर्चा गर्दा केही कमी भए जस्तो लागे पनि थप खोज र अनुसन्धान गर्नेहरूका लागि यो पुस्तक पूरक सामग्री बन्नेछ । अनुसन्धानको सीमा भएकैले सङ्क्षेपमा मात्र अन्य पार्टीका विचार र सहभागिता यहाँ उल्लेख छ । २०४६ सालपछिका आम निर्वाचन, स्थानीय निर्वाचन, ती निर्वाचनमा महिलाको उम्मेदवारी, सहभागिता, प्रतिनिधित्व सबैजसो विषय तालिकासहित पुस्तकमा समावेश छ ।
२०४७ को संविधान, २०६३ को अन्तरिम संविधान र २०७२ को सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले महिलाको विषयमा समेटेका विषयलाई तुलनात्मक अध्ययन गरी आजको परिवेशमा प्राप्त उपलब्धि र विकसित अवधारणालाई विभिन्न कोणबाट चिरफार गर्न यो पुस्तक सफल भएको छ । यसैगरी अखिल नेपाल महिला सङ्घको गठन, पुनर्गठन, महिला आन्दोलन अगाडि बढाउने सन्दर्भमा सङ्गठनले लिएका नी(ितगत तथा सैद्धान्तिक निर्णय पनि पुस्तकमा समावेश गरिएको छ । २०६२÷६३ को आन्दोलनपछि पुन स्थापित संसद्मा तत्कालीन अनेमसङ्घका अध्यक्ष (हालका राष्ट्रपति) विद्यादेवी भण्डारीबाट प्रस्तुत सार्वजनिक महìवको प्रस्ताव, त्यसले अन्तरिम संविधानमा महिलाको पक्षमा उल्लेख भएका नीति यसकै परिणामको रूपमा लिन सकिन्छ । २०५२ सालदेखि आरम्भ भएको नेकपा (माओवादी) को जनयुद्ध र त्यसको प्रभावबाट विकसित महिला अधिकारको क्षेत्रमा भएका रूपान्तरणलाई थोरै भए पनि उल्लेख गरिएको छ । नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को एकीकरणसम्मको गतिविधि र अन्तरिम विधानमा समेटिएका महिलाका विषयसमेत सङ्क्षेपमा समेटिएको छ ।
महिला आन्दोलनका बारेमा लेखिएका पुस्तक थोरै भए पनि भेट्न सकिन्छ तर महिलावादी दृष्टिले अध्ययन र विश्लेषण गरिएको यो पुस्तक सर्वथा नौलो र सान्दर्भिक छ । २००७ को दशकदेखि हालसम्म आइपुग्दा नेतृत्व तहमा राज्यका महìवपूर्ण निकायमा महिलाको सहभागिता र पहुँच कुन हदसम्म कसरी हुँदै आएको छ ? समाजवादी आन्दोलन, कम्युनिस्ट पार्टीको स्थापना र पार्टी नेतृत्वले महिला नेतृत्वको विकासका लागि कुनकुन समयमा के कस्ता निर्णय लिएको छ ? जननेता मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादका माध्यमबाट क्रान्ति, परिवर्तन र रूपान्तरणमा महिलालाई कसरी परिचालन गरिएको छ ? यी सबै प्रश्नको समाधान दिने प्रयास पुस्तकबाट भएको छ । त्यसैले यो पुस्तक नेपाली महिलाको विगत र वर्तमानको तुलनात्मक अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण सामग्री बनेको छ । यसले महिला नेतृत्वका लागि भविष्यको मार्गदर्शनसमेत प्रस्तुत गरेको छ । विचारलाई व्यवहारमा रूपान्तरण गर्ने जिम्मेवारीसमेत प्रवाह गरेको छ ।
मेनका पोखरेल  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?