logo
२०८१ बैशाख १५ शनिवार



नायिकाको मेकअप ‘ब्रान्ड’

शनिवार |


नायिकाको मेकअप ‘ब्रान्ड’


सुकृत नेपाल

ङ्गारबिनाको नारी र नारीबिनाको शृङ्गार सायद अधुरो हुन्छ । पौराणिककालीन कतिपय कथाले पनि यसको पुष्टि गरेको छ । ब्रान्डेड कपडा, जुत्ता, गगल्सदेखि लिएर आफू चढ्ने सवारी साधन सानदार होस् भन्ने चाहना सबैमा हुन्छ । योसँगै अनुहार पनि सबैका माझ आकर्षक होस् भन्ने चाहना कसको हुँदैन र !
गाउँका सामान्य महिलादेखि सहरिया जीवनशैलीमा हुर्केका महिला पनि सौन्र्दयप्रति उत्तिकै लगाव राख्छन् । सहरमा जस्तो ब्रान्डेड सौन्दर्यका प्रसाधन गाउँमा पुग्न मुस्किल होला तर शृङ्गारको मोहमा कुनै कमी हुँदैन । गुन्युचोली, टिकी र चुल्ठो बाटेर भए पनि गाउँमा चिटिक्क पर्छन् भने सहरका महिला विभिन्न किसिमका ब्रान्डेड सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दर देखिने प्रयासमा हुन्छन् । यसमा नेपाली नायिकाको त कुरै छाडौँ, उनीहरूको जीवनशैली सामान्य मानिसभन्दा फरक नै हुन्छ ।
अहिलेको समयमा सुन्दर देखिनु बाध्यता नै बनेको छ । मानिसको व्यक्तित्वमा बौद्धिक गुण जति आवश्यक हुन्छ सौन्दर्य पनि त्यति नै महìवपूर्ण हुन्छ । महिला पुरुष दुवैलाई सुन्दरता आवश्यक छ तर महिलाको हकमा सुन्दर हुनु उसको व्यक्तित्व विकासका लागि एक सर्त नै बनेको छ । तुलनात्मक रूपमा पुरुषभन्दा महिला बढी चिटिक्क परेर हिँड्ने गरेको देख्न पाइन्छ । अहिले अधिकांश महिलाले सौन्दर्यलाई पहिलो प्राथमिकता दिन्छन् र यसलाई आफ्नो व्यक्तित्व विकास र आत्मविश्वासको औजार नै ठान्छन् ।
महिलाहरु प्रायः आफ्नो अनुहार सजाउन ब्युटीपार्लर धाउने गर्छन् । झन् चलचित्रका नायिकाले त आफ्नो अनुहार सजाउन मात्र महिनामा हजारौँ रुपियाँ खर्च गर्छन् । चलचित्र क्षेत्रमा लाग्नेहरू आफ्नो अनुहार सजाउन हजारौँ खर्च गर्नु भनेको फेरि सामान्य जस्तै हो ।
यस मामिलामा नायिका प्रियंका झा लोट्स, भीएलसीसी र निभिया ब्रान्डका क्रिम प्रयोग गर्ने बताउनुहुन्छ । उहाँ जनकपुरबाट आफ्नो सौन्दर्य सामान मगाउने गर्नुहुन्छ । भारतीय नायिका माधुरी दीक्षितको मेकअपबाट प्रभावित नायिका झा भन्नुहुन्छ, ‘आफ्नो अनुहारले जे जस्तो कुरा माग्छ त्यही अनुसार मेकअप गर्छु । तर राम्रो सोच्नु मेरो सौन्दर्यको रहस्य हो । खाली अनुहारभरि क्रिम दलेर मात्र सुन्दर हुने होइन, पहिला हाम्रो मन सुन्दर हुन जरुरी छ ।’
नायिका ऋचा शर्मा त सौन्दर्यका प्रसाधन आपूm बाहिर जाँदा नै किन्ने गर्नुहुँदोरहेछ । भारतीय नायिका सोनम कपुरको फेसनबाट प्रभावित ऋचा बडी शप, च्यानल, वाईएसएल र डायर ब्रान्डका सौन्दर्य प्रसाधन बढी रुचाउनुहुन्छ ।
केही महिलालाई छाड्ने हो भने धेरै महिला शृङ्गारलाई अनिवार्य काम नै मान्छन् । यसकै लागि भनेर उनीहरु समय र पैसाको जोहो गर्छन् । कतिपय आफ्नो अनुहार सुन्दर बनाउन ब्युटीपार्लर नै धाउँछन् भने कति त घरमै सिँगारिन्छन् ।
धेरै नायिका आफ्नो अनुहार राम्रो बनाउन ब्युटीपार्लर नै जाने गरेको बताउनुहुन्छ फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर । आफ्नो मेकअपका सामान धेरै नायिकाले विदेशबाट नै ल्याउने गरेको पनि उहाँको ठम्याइ छ । मानन्धर भने आफ्नो सौन्दर्यका लागि लोट्स, ल्यान्डकम र ल्याक्मी ब्राण्ड नै धेरै प्रयोग गर्नुहुँदोरहेछ । अरू जस्तै उहाँ पनि हलिउड र बलिउड कलाकारको फेसनमा प्रभावित हुनुहुन्छ । फुर्सद भयो भने शृङ्गारका लागि नायिका प्रियंका कार्की ब्युटीपार्लर धाउनुहुन्छ । व्यस्तताले गर्दा दुई÷तीन महिनामा एकपटक पार्लर पुग्नुहुन्छ । पार्लरमा कपाल काट्ने, फेसियल गर्ने, हेयर ट्रिटमेन्ट लगायत सेवा लिनुहुँदोरहेछ । कुनै सभा वा समारोहमा जाँदा भने उहाँ पार्लर जानुहुन्न । यो बेला उहाँ आफ्नो निजी मेकअप आर्टिस्ट घरमै बोलाउनुहुन्छ र आफूलाई चिटिक्क पार्नुहुन्छ । पार्लरमा गएर आफ्नो सौन्दर्य सेवा लिएबापत उहाँले सर्वसाधारणले जस्तै शुल्क तिर्नुहुन्छ ।
नायिका कार्कीले म्याक, हुडा ब्युटी, काइली कस्मेटिक, अर्बन डीके ब्रान्डका लिपिस्टिक प्रयोग गर्नुहुन्छ । उहाँ पिच, न्युड लगायत हल्का रङ बढी मन पराउनुहुन्छ । कहिलेकाहीँ विशेष समारोहमा रातो रङ पनि लगाउनुहुन्छ । मेकअपमा लिपिस्टकको महìवपूर्ण भूमिका हुने उहाँको ठम्याइ छ । अनुहारमा पाउडरमात्रै लगाए पनि लिपिस्टिक लगाउन उहाँ कहिल्यै छुटाउनुहुन्न । लिप ग्लस भने उहाँलाई त्यति मन पर्दैन ।
यस्तै नायिका केकी अधिकारी महिनामा एकपटक पार्लर जानुहुँदोरहेछ । उहाँको निश्चित कुनै पार्लर छैन, कहिले कुन पार्लर त कहिले कुन पर्दोरहेछ । यसरी पार्लर जाँदा क्लिन्जिङ र फेसियल गर्दा अक्सिजन पर्याप्त मात्रामा पुगेर छाला स्वच्छ र सुन्दर हुने उहाँ भन्नुहुन्छ । उहाँ कुनै चलचित्रको छायाङ्कनको क्रममा थ्रेडिङ र हेयर कट भने छायाङ्कनस्थलमै गर्नुहुन्छ । घरमा बसेको बेला भने प्रायः दस दिनमा थ्रेडिङ गर्ने उहाँको बानी छ । खासै शृङ्गारमा रुचि नदेखाए पनि उहाँलाई आफ्नो मुहारको सौन्दर्यप्रति धेरै लगाव छ । ‘मेरो अनुहारमा जति मेकअप गरे पनि लिपिस्टिक नलगाउन्जेल मेकअप खुल्दैन’, नायिका अधिकारी भन्नुहुन्छ । उहाँको बुझाइमा मेकअपमा सबभन्दा जरुरी भनेकै लिपिस्टिक हो रे । उहाँ लोरियलका लिपस्टिक धेरै रुचाउनुहुन्छ । यसबाहेक सिफोरा, म्याकलगायत ब्रान्ड पनि उहाँलाई मन पर्छ । लिपिस्टिकका रङमा उहाँ विविधता मन पराउनुहुन्छ । कुनै पार्टी वा समारोहमा जाँदा बानेश्वरस्थित अनामिकामा गएर मेकअप, हेयर स्टायल र नेल जेल गर्ने गर्छिन् नायिका बेनिशा हमाल । वाक्स, थ्रेडिङलगायतका कामका लागि भने उहाँ घर नजिकैको पार्लरमा जानुहुन्छ । कम्तीमा पनि महिनाको दुईपटक पार्लर जाने उहाँको बानी छ । कुनै कार्यक्रममा जाँदा समय छ भने पार्लरमा मेकअप गर्ने र हेयरस्टायल बनाउनुहुन्छ । समय छैन भने घरमै मेकअप गर्नुहुन्छ । सामान्यतया एकपटक पार्लर जाँदा करिब १० देखि १५ हजार रुपियाँसम्म छुट्याउने बानी छ नायिका हमालको ।
नायिका श्वेता खड्का पनि सौन्दर्य भन्नु नै आफ्नो आत्मविश्वासलाई ठान्नुहुन्छ । आत्मविश्वास बढ्न पहिरन, मेकअप र लुक्समा आकर्षक देखिनुपर्छ । मेडिपिल, भ्याम्पायर फेसियल, आइबल ट्रिटमेन्ट र डार्क सर्कलको ट्रिटमेन्ट नायिक श्वेता ब्युटिपार्लरमा गराइरहनु हुन्छ । यसले उहाँको सौन्दर्यलाई ऊर्जा भरिदिन्छ रे । महिला सुन्दरताका भोका हुन्छन् । म मात्र होइन सबै महिलाले यसमा ‘मेन्टेन’ गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । महिलाका लागि पछिल्लो समय सौन्दर्यकला जान्नु र सुन्दर बन्नु अत्यावश्यक भएको बताउनुहुन्छ नायिका वर्ष शिवाकोटी । हामी कलाक्षेत्रमा लागेकाहरूका लागि मेकअप अनिवार्य जस्तै भएको छ ।
मेकअप भनेको सौन्दर्यका लागि गरिने बताउनुहुन्छ नायिका आशिष्मा नकर्मी । आफू अलि गोरी भएकोले मेकअपमा सधैँ ध्यान दिने उहाँको बानी छ रे । मलाई एकदम साधारण हुन मन पर्छ । आफू
सेलेब्रिटी हुँ भन्दैमा मेकअप गरिरहन मन नलाग्ने उहाँले बताउनुभयो । सुटिङमा मेकअप अनिवार्य गर्नुपर्छ । म पहिला सनक्रिम लगाउँछु । स्किन कलरभन्दा वानकलर (वानसेट) डार्क लगाउँछु । किनकि धेरै गोरी देखिन मन लाग्दैन । गोरो मान्छेलाई बढी मेकअप सुहाउँदैन । सनब्लक र एलोभेराबाहेक अरू सामान नेपालमा किन्ने गरेको थिएँ । चित्त बुझेन । ‘प्लस टु’ पढ्न बाहिर गएँ । उतै बानी प¥यो । अहिले पनि बाहिरतिरबाटै मगाउने गर्छु । मेकअपका केही सामग्री कहिलेकाहीँ स्वदेशमै किन्ने बानी अहिले पनि छ उहाँ भन्नुहुन्छ ।
नायिका सुरक्षा पन्त बाहिर हिँड्दा धेरैजसो मेकअप नगरिकनै हिँडनुहुन्छ । नायिका पन्तलाई पुरानै कपडामा मेकअप विना बाटोमा हिँड्दा आनन्द आउँछ रे । बाटोघाटोमा भेट्नेले कताकता देखेको हो तपाईंलाई भन्छन् रे उहाँलाई । ठ्याक्कै ठम्याउन सक्दैनन् । फेरि मेकअप गर्ने कला पनि नभएको भन्दै उहाँ भन्नुहुन्छ, ‘यो काम बिस्तारै सिक्दैछु ।’
चलचित्रमा नायिकालाई सुन्दर बनाइदिने काम प्रायः मेकअप आर्टिस्टको नै हुन्छ । चलचित्रमा मेकअपको ठूलो महìव रहेको बताउनुहुन्छ मेकअप आर्टिस्ट सन्तु तामाङ । बाहिरबाट सामान्य सुनिए पनि मेकअप गम्भीर विषय रहेको उहाँको अनुभव छ । ‘मेकअप भनेको हल्का पाउडर लगाउने मात्र होइन,’ उहाँ भन्नुहुन्छ, ‘कलाकारको रूप नै परिवर्तन गर्ने शक्ति हुन्छ । कलाकारलाई उसको भूमिकामा भिजाउने शक्ति मेकअपमा हुन्छ । यसले मानिसलाई वास्तविक बनाउनुपर्छ ।’ मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई स्लिम देखाउनु छ भने सही मेकअप सहज माध्यम हुन्छ ।
बिहे पार्टीमा जाँदा गर्ने मेकअप र कुनै औपचारिक कार्यक्रममा जाँदा गर्ने मेकअप धेरै भिन्न हुन्छ । मेकअप गर्दा बजारमा पाइने जुनसुकै क्रिम लगाउनुहुँदैन । बजारमा पाइने जुनसुकै क्रिम लगाउँदा अनुहारमा विभिन्न रोग, डन्डिफोर, एलर्जी, दागहरू देखिन सक्छन् । त्यसैले मेकअपका सामान किन्दा सही र राम्रो खालको मात्रै प्रयोग गर्नुपर्छ । मान्छेको आँखा सबैभन्दा पहिले अनुहारमा पर्ने भएकाले सिम्पल र सुहाउँदो मेकअप गर्नुपर्दछ । अनुहारलाई सुहाउने गर्नुपर्छ । धेरै भद्दा मेकअप राम्रो हुँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?