logo
२०८१ बैशाख १४ शुक्रवार



लघुकथा: क्रान्ति

शनिवार |


लघुकथा: क्रान्ति


महेश प्रसाईं

अचानक व्यस्त रङ्गमञ्चमा क्रान्तिले प्रवेश ग¥यो । समाज रूपान्तरण गर्न प्रस्तुत भएको थियो क्रान्ति । कतिले अनुभूत गरे । कतिले गरेनन् ।
क्रान्तिले परिवर्तनका लागि एउटा कहलिएको नेतासित प्रस्ताव राख्दै भन्यो, “म विचार हुँ, तिमी प्रतिपादक । दुवै मिलेर एउटा परिवर्तन गरौँ ।”
क्रान्तिको प्रस्ताव सुनिसकेपछि नेताले
भन्यो, “मेरो औचित्यको प्रतिफलचाहिँ के हो
नि ?” क्रान्तिले प्रत्युत्तरमा भन्यो, “तिमीले आफ्नो जीवनको पूरै कालखण्ड प्रतिफल सङ्ग्रह गरेर बितायौ । अब बाँकी रहेको समय क्रान्तिलाई छुट्याउनु पर्छ । त्यो क्रान्ति भनेको तिम्रो निष्काम यात्रा हो ।”
नेता सोचमग्न भएर बस्यो । प्रतिफलविहीन जीवनको कल्पनाबाट ऊ त्रसित थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?