logo
२०८१ जेष्ठ ४ शुक्रवार



महानगर प्रमुखमा काँग्रेसबाट आकाङ्क्षी बढ्दै

प्रदेश |


महानगर प्रमुखमा काँग्रेसबाट आकाङ्क्षी बढ्दै


चितवन समाचारदाता

चितवन, चैत २९ गते । भरतपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसमा बागमती प्रदेशका मन्त्रीदेखि पार्टीका केन्द्रीय सदस्यले दाबी गरेका छन् । काँग्रेस महानगर समितिले आसन्न स्थानीय तह निर्वाचनका लागि दाबी गर्न दुई दिन दिएको नाम दर्तामा २५ जना स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताले इच्छा जाहेर गरेका हुन् । उपप्रमुखमा २४ जनाको मनोनयन दर्ता भएको छ ।

प्रमुख पदमा मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला, बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, पूर्व सांसद जगन्नाथ पौडेल, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, महानगर सभापति चित्रसेन अधिकारीलगायत रहनुभएको छ ।

यस्तै उपप्रमुख पदका लागि टकनाथ पौडेल, तारा गुरुङ , बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल, विदुर केसीलगायतले दाबी पेस गरेको काँग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिनुभयो । आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरु भएर सोमबार अपराह्न चार बजे सकिएको महानगर प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठले
जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?