logo
२०८१ जेष्ठ ८ मंगलवार



जातीय विभेद रोक्न दलित सेल गठन

प्रदेश |
समाज |


जातीय विभेद रोक्न दलित सेल गठन
दलित समुदायमाथि भइरहेका जातीय विभेदका बारेमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चतुर्भुत ओझा दलित समुदायका अगुवा सँग छलफल गर्दै । तस्बिर -शेरबहादुर सार्की



शेरबहादुर सार्की
बाजुरा, फागुन १० गते । जिल्लामा भएको जातीय विभेद न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले दलित सेल गठन गरेको छ । बाजुराका विभिन्न दलित समुदायमाथि पुस्तौँदेखि जातीय विभेद गरिँदै आएकोले त्यसलाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले दलित सेल गठन गरिएको हो ।

जिल्लाका दलित समुदायमाथि भइरहेको जातीय विभेद तथा हिंसात्मक घटनाहरुलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ यो दलित सेल गठन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दलितमाथि भइरहेका जातीय विभेद तथा छुवाछुतलाई रोकथाम तथा न्यूनिकरण गर्न जिल्लामा दलित समुदायको क्षेत्रमा काम गर्दै आएका दलित अगुवाहरुको सहभागितामै यो सेल गठन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो,“जातीय विभेदकै कारण समाजमा विभिन्न किसिमका हिंसात्मक घटनाहरु बढ्न थालेको र यसले समाजलाई विसङ्गति विकृति तर्फ डो¥याउँदै आएकाले त्यसको अन्त्य गर्नका लागि

दलित समुदायकै अगुवाहरुको समन्वय तथा सहकार्यमा यो सेल गठन गरिएको हो । जातीय विभेद छैन भन्ने प्रचार प्रसार हुँदै आएको बाजुरामा अहिले पनि यहाँका दलित समुदायले मठमन्दिर जस्ता कुनै पनि सार्वजनिक स्थलमा प्रवेश गर्न नपाएको दलित अगुवाहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक धनदेव साउदको संयोजकत्वमा छ जनाको दलित सेल गठन गरिएको छ ।
यो सेलले फागुन ९ गतेदेखि बाजुरा जिल्लाका दलित समुदायमाथि हुने गरेका जातीय विभेद, हिंसात्मक क्रियाकलापको खोजी गर्ने र यस्ता क्रियाकलाप गर्ने जो कोहीलाई आवश्यक कानुनी कारबाही अघि बढाउँदै जाने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख ओझाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?