logo
२०८१ जेष्ठ ३ बिहीवार



एमसीसी सम्झौतालाई अगाडि बढाउन सरकारको दायित्व : गृहमन्त्री खाँड

प्रदेश |


एमसीसी सम्झौतालाई अगाडि बढाउन सरकारको दायित्व : गृहमन्त्री खाँड


धीरेन्द्रप्रसाद साह
जनकपुर, पुस ६ गते । गृहमन्त्री बालकृष्ण खाँड नेपालको विकासमा सहयोग पुग्ने एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व रहेकोे बताउनुभयो । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री खाँडले भन्नुभयो, देश विकासमा सहयोग पुग्ने एमसीसी प्रस्ताव अगाडि बढाउनु गलत नभएको बताउनुभयो ।
एक जिज्ञासामा गृहमन्त्री खाँडले प्रस्ताव अगाडि बढने वा पारित हुने स्थिति बिना रणनीतिक रुपमा अगाडि बढाउँदा समस्या हुने भएकाले सहमतीको प्रयास गरिएको बताउनुभयो । अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरीबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिने, यसको अरू कुनै उद्देश्य नरहेको दाबी गर्नुभयो ।
नेपाल सरकारलाई परियोजनाले विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःसर्त अनुदान दिन लागेको गृहमन्त्री खाँडले बताउनुभयो । उहाँले प्रदेश २ मा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने सम्भावना रहेको पनि जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?