logo
२०८१ बैशाख १४ शुक्रवार



कर्णाली प्रदेशको काँग्रेस सभापतिमा ललितजङ्ग शाही बिजयी

प्रदेश |


कर्णाली प्रदेशको काँग्रेस सभापतिमा ललितजङ्ग शाही बिजयी


मुना हमाल 

सुर्खेत, मङ्सिर १९ गते । नेपाली काँग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित हुनु भएको छ । उहाँले चार सय २२ मत ल्याएर बिजयी हुनुभएको हो । प्रदेश सभापतिका लागि शनिवार निर्वाचन भएको थियो । उहाँ संस्थापन (देउवा) पक्षको हुनुहुन्छ । सभापतिका लागि तीन जना उम्मेदवार रहनु भएको थियो ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याउनु भएको छ । नेता विमलेन्द्र निधि पक्षबाट सभापतिका उम्मेदवार बन्नु भएका मोतीराज बमले ७ मत मात्रै ल्याउनुभएको छ । निर्वाचन समितिका अनुसार  ७५४ मत खसेको थियो । अरू पदाधिकारी र सदस्यहरुको मतगणना भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?