logo
२०८१ बैशाख १५ शनिवार



कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रीमा बिष्ट नियुक्त

प्रदेश |


कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रीमा बिष्ट नियुक्त


मुना हमाल
सुर्खेत, मङ्सिर १४ गते । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा बिन्दमान विष्ट नियुक्त हुनु भएको छ । मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नु भएको हो ।
बिष्ट माओवादी केन्द्रकोतर्फबाट मन्त्रीमा नियुक्त हुनु भएको हो । नवनियुक्त मन्त्री विष्टको ७ ३० बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
बिष्टसँगै कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा दुई जना मन्त्री थपिनु भएको छ । मुख्यमन्त्री शाहीले यस अघि नेकपा –एकीकृत समाजबादी) का चन्द्र बहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिसक्नु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?