logo
२०८१ बैशाख १४ शुक्रवार



जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरण गराउन हस्ताक्षर अभियान

प्रदेश |


जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरण गराउन हस्ताक्षर अभियान


लक्ष्मी चौधरी
जनपुरधाम, असोज ७ गते । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अवस्थित विश्वकै हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरोकारवालाहरुले हस्ताक्षर अभियान शुरु गर्नुभएको छ ।

जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिकाको आयोजनमा सुदृढ र यु.के. एडको सहकार्यमा जानकी मन्दिरलाई यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकरण गराउने सम्बन्धमा बृहत् परामर्श कार्यशाला गोष्ठी गरी सो अभियान शुरु गरिएको मेयर लालकिशोर साहले बताउनुभयो ।

गोष्ठीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहल भन्नुभयो, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरण गराउन बहसको प्रारम्भ भएको छ, चाँडै टुंगो लाग्छ ।’ विगत तीन वर्ष पूर्व नै जनकपुर उपमहानगरपालिको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय गर्नु पनि जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने पहिलो खुड्किलोको रुपमा रहेको उहाँले बताउनुभयो । विश्व सम्पदा सूचीमा सुचिकरणको लागि विभिन्न मापदण्ड पूरा गर्नुपर्ने हुन्छ, ‘संकल्पित भएर प्रक्रियागत रुपमै मिहिनेत गर्दै गएमा सफलता प्राप्त हुने साहले बताउनुभयो ।

गोष्ठीमा जानकी मन्दिरका महन्थ श्री रामरोशन दास वैष्णवले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरणको लागि थालिएको अभियान सराहनीय रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?