logo
२०८१ बैशाख १५ शनिवार



पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

प्रदेश |


पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु


तिलाचन पाण्डे

तम्घास, असोज ६ गते । गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरमा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गङ्गा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
राती करिब १ बजे घरमाथिबाट पहिरो आई घर भत्किँदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।
उनीहरुको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तिलक परियार, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?