logo
२०८१ जेष्ठ २ बुधवार



कोरोनाबाट भेरी अस्पतालमा बुधवार पनि दुईजनाको मृत्यु

प्रदेश |


कोरोनाबाट भेरी अस्पतालमा बुधवार पनि दुईजनाको मृत्यु


सिराज खान 
नेपालगञ्ज, भदौ २३ गते । कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा बुधवार पनि थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । यसअघि मङ्गलवार पनि उपचारका क्रममा दुई जना महिलाको मृत्यु भएको थियो । 
कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बुधवार रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र सुर्खेत भेरीगंगाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भदौ ९ गते कोभिड पुष्टि भएका त्रिवेणी गाउँपालिका–६ रुकुम पश्चिमका पुरुषको बुधवार बिहान मृत्यु भएको ओलीले बताउनुभयो । 
यसैगरी भदौ २० गते भेरी अस्पतालमा भर्ना हुनु भएका भेरीगंगा नगरपालिका–१३ सुर्खेतका पुरुषमा त्यसै दिन कोभिड पुष्टि भएकोमा उपचार हुँदा हुँदै बुधवार बिहान मृत्यु भएको उहाँले बताउनुभयो । 
यसअघि मङ्गलवार बिहान सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । 
योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४०५ जना संक्रमितको मृत्यु भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?