logo
२०८१ बैशाख २४ सोमवार



बागमती प्रदेश एमाले संसदीय दलको नेतामा शाक्य

प्रदेश |


बागमती प्रदेश एमाले संसदीय दलको नेतामा शाक्य


राममणि दाहाल
हेटौँडा, भदौ २ गते । बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको बुधबार प्रदेश सभा सचिवालयमा बसेको बैठकले सर्मसम्मच चयन गरेको हो ।
प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता डोरमणि पौडेलले शाक्यलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएको पौडेलका प्रेस संयोजक दाहालले जानकारी दिनुभयो ।शाक्य संसदीय दलको नेतामा चयन भएसँगै मुख्यमन्त्री बन्न बाटो खुलेको छ ।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा एमाले एक्लैको ५६ जना प्रदेश सभाका सदस्य रहेका छन् । यसअघि २०७४ साल माघमा संसदीय दलको नेताको लागि भएको निर्वाचनमा नेता शाक्य मुख्यमन्त्री पौडेलसँग पराजित हुनुभएको थियो ।
संसदीय दलको बैठकमा पार्टीलाई एकता बनाइ राख्ने उद्देश्यले मुख्यमन्त्री पौडेलले संसदीय दलको नेतामा शाक्यलाई प्रस्ताव गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?