logo
२०८१ बैशाख २५ मंगलवार



बस्तीमा बाढी पस्दा १४ घरमा क्षति

प्रदेश |


बस्तीमा बाढी पस्दा १४ घरमा क्षति


नवीन शिशिर विक
बागलुङ, भदौ २ गते । बागलुङको बडिगाड गाउँपालिमा–९ को मैदाने बस्तीमा बाढी पस्दा १४ घरमा क्षति पुगेको छ । 
अविरल वर्षासँगै मङ्गलबार राती बस्तीमा पसेको बाढीले स्थानीयको घरघरमा पसेको हो । बाढीले धान खेती गरेको खेतमा ठूलो क्षति गरेको गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले जानकारी दिनुभयो । 
रातको समयमा आएको बाढीले कुनै मानवीय क्षति भएको छैन । घरभित्र हिलो, गेगर र छाम्रा पसेको भए पछि बस्नै नमिल्ने गरी कुनै पनि घरमा क्षति नभएको उहाँले बताउनुभयो । 
भातेखोलामा आएको भल बस्तीमा पुगेको थियो । पहिरोले खोला थुनिएको हुँदा बाढी बस्तीमा आएको स्थानीय टोपबहादुर पुनले बताउनुभयो । खोलामा थुन्ने पहिरो हटाउन गाउँपालिकाले दुई वटा स्काभेटर प्रयोग गरेर काम सुरु गरेको छ । 
गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएका भल खुला थुनिए पछि बाढीको आकार ग्रहण गरेको थियो । बाढीले खानेपानी मुहान, तरकारी टनेल, धान खेती पुरेको छ । घरभित्र बसेको हिलो स्थानीयले सफा गरेर बस्न मिल्ने बनाएका छन् । खानेपानी, विद्युतको समस्या समाधान गर्न गाउँपालिकाले पहल गर्ने अध्यक्ष पाईजाको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?