logo
२०८१ जेष्ठ २ बुधवार



गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

प्रदेश |


गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार


नरेन्द्र ढकाल
गोरखा, साउन २६ गते । उत्तरी गोरखाको सिद्धिबासबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका ३ बाट २५ वर्षीय छिरिङ डोम्मा गुरुङलाई मंगलबार बिहान १०ः५५ मिनेटमा उद्धार गरिएको हो ।
प्रसव व्याथाले च्यापेर समस्यामा रहेकी उहाँलाई राष्ट्रपती महिला उत्थान अन्तार्गत दुर्गम क्षेत्रका गर्भवतीको स्वास्थ्य उपचार कार्यक्रम मार्फत उद्धार गरिएको चुमनुब्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँलाई निकै समस्या भएको खबर हामीले पायौं,’ श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टर मगाएर रेस्क्यू गर्न सफल भएका छौं ।’ जिल्ला प्रशासन कार्यालय गोरखा, चुमनुब्री गाउँपालिका र स्थानीय सिद्र्धिबास स्वास्थ्य चौकीको समन्वयमा उहाँलाई थापाथली स्थित प्रसुति गृहमा लगिएको छ ।
अहिलेसम्म सडक सञ्जाल नपुगेको चुमचुब्री गाउँपालिकामा बिरामी हुने बित्तिकै हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ । अहिलेसम्म अस्पताल समेत नरहेको त्यहाँका सर्वसाधरण सक्नेले हेलिकप्टर चार्टर गरेपनि निम्म वर्गका मानिसहरुको अकालमै ज्यान गइरहेका छ । उत्तरी गोरखा सहित दुर्गम क्षेत्रका गर्भवती महिलाहरुलाई सरकारले राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्र्तगत गर्भवती महिलाहरुलाई भने निशुल्क हेलिकप्टर चार्टर गर्ने व्यवस्था मिलाएको छ । उत्तरी गोरखामा माउन्टेन चाइल्ड नामक संस्थाले पनि गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क हेलिकपप्ट सेवा उपलब्ध गराउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?